Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

झापा गोल्डकपका लागि खेल मैदानको स्तरोन्नति


झापा। अन्तर्राष्ट्रियस्तरको झापा गोल्डकप २०८० का लागि खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ । त्यस्तै, विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आगामी फागुन १९ गतेदेखि हुने छैटौँ संस्करणको झापा गोल्डकपलाई भव्यरुपमा सम्पन्न गर्न खेल मैदानको स्तरोन्नति थालिएको हो ।

उक्त गोल्डकपका अध्यक्ष विनोद बस्नेतले रङ्गशालामा भएको झार गोड्ने, प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाउने लगायत कार्य सुरु गरिएको बताए । “खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता हुँदैन”, उनले भने, “यस्तो प्रतिष्ठित प्रतियोगितामा मैदानको आकर्षण नघटोस् भन्ने उद्देश्यले यसको स्तरोन्नतिमा ध्यान दिइरहेका छौँ ।” रङ्गशालामा १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको तयारी गरिएको छ ।

त्यस्तै, छैटौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद रु १३ लाख र उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछन् भने सो गोल्डकप सम्पन्न गर्न रु एक करोड ४० लाख विनियोजन गरिएको छ । उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट ‘मिडफिल्डर’, उत्कृृष्ट ‘फरवार्ड’, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई नगद रु २५ हजार प्रदान गरिने अध्यक्ष बस्नेतले बताए ।

प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई नगद रु ११ हजार दिइनेछ । सो प्रतियोगितामा आयोजककोतर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ‘ए’ डिभिजन क्लबका सात र विदेशी तीन गरी १० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?