Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

झापा गोल्डकपका लागि खेल मैदानको स्तरोन्नति


झापा। अन्तर्राष्ट्रियस्तरको झापा गोल्डकप २०८० का लागि खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ । त्यस्तै, विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आगामी फागुन १९ गतेदेखि हुने छैटौँ संस्करणको झापा गोल्डकपलाई भव्यरुपमा सम्पन्न गर्न खेल मैदानको स्तरोन्नति थालिएको हो ।

उक्त गोल्डकपका अध्यक्ष विनोद बस्नेतले रङ्गशालामा भएको झार गोड्ने, प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाउने लगायत कार्य सुरु गरिएको बताए । “खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता हुँदैन”, उनले भने, “यस्तो प्रतिष्ठित प्रतियोगितामा मैदानको आकर्षण नघटोस् भन्ने उद्देश्यले यसको स्तरोन्नतिमा ध्यान दिइरहेका छौँ ।” रङ्गशालामा १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको तयारी गरिएको छ ।

त्यस्तै, छैटौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद रु १३ लाख र उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछन् भने सो गोल्डकप सम्पन्न गर्न रु एक करोड ४० लाख विनियोजन गरिएको छ । उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट ‘मिडफिल्डर’, उत्कृृष्ट ‘फरवार्ड’, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई नगद रु २५ हजार प्रदान गरिने अध्यक्ष बस्नेतले बताए ।

प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई नगद रु ११ हजार दिइनेछ । सो प्रतियोगितामा आयोजककोतर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ‘ए’ डिभिजन क्लबका सात र विदेशी तीन गरी १० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?