Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

बैंकहरूले एकलौटीरूपमा व्याज बढाएकोप्रति ओलीको आपत्ति


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले एकलौटीरूपमा व्याज बढाएकोप्रति आपत्ति जनाएका छन् । उनले पार्टी निकट बैंकिङ क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै व्याज बढाउने बेलामा दुई तर्फको सहमति हुनुपर्ने तर्क गरेका छन् ।

ओलीले भने, ‘बैंकबाट ऋण लिँदा घटाउन वा बढाउन सकिने भनिएको छ । घटाउने त कुरै छैन । एकतर्फीरूपमा बैंकहरूले ऋणीसँग भएको सम्झौतामा बदल्नुपर्छ भने दुवैतर्फको सहमति हुनुपर्छ । हामीलाई मर्का पर्‍यो अनि बढायौँ भन्ने, अनि अर्कालाई परेको मर्का के त ? यसवर्ष बैंकको यति खर्ब मुनाफा क्या बात भन्दै आफैँलाई धाप लायो । अनि ऋणीहरू ?’

त्यसैगरी, बैंकहरू नाफाखोर निर्मम साहूजी नभई सहयोगी हुनुपर्ने बताएका छन् । राष्ट्र बैंक र सर्वसाधारणले पैसा राख्दा पनि सस्तोमै पाएपछि लगानी गर्दा धेरै व्याज लिन नमिल्ने उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?