Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

बैंकहरूले एकलौटीरूपमा व्याज बढाएकोप्रति ओलीको आपत्ति


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले एकलौटीरूपमा व्याज बढाएकोप्रति आपत्ति जनाएका छन् । उनले पार्टी निकट बैंकिङ क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै व्याज बढाउने बेलामा दुई तर्फको सहमति हुनुपर्ने तर्क गरेका छन् ।

ओलीले भने, ‘बैंकबाट ऋण लिँदा घटाउन वा बढाउन सकिने भनिएको छ । घटाउने त कुरै छैन । एकतर्फीरूपमा बैंकहरूले ऋणीसँग भएको सम्झौतामा बदल्नुपर्छ भने दुवैतर्फको सहमति हुनुपर्छ । हामीलाई मर्का पर्‍यो अनि बढायौँ भन्ने, अनि अर्कालाई परेको मर्का के त ? यसवर्ष बैंकको यति खर्ब मुनाफा क्या बात भन्दै आफैँलाई धाप लायो । अनि ऋणीहरू ?’

त्यसैगरी, बैंकहरू नाफाखोर निर्मम साहूजी नभई सहयोगी हुनुपर्ने बताएका छन् । राष्ट्र बैंक र सर्वसाधारणले पैसा राख्दा पनि सस्तोमै पाएपछि लगानी गर्दा धेरै व्याज लिन नमिल्ने उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?