Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

साम्बा फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्ध


काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने भएका छन् ।
फ्रान्सेली क्लब एना भान गेङगाङ्पले सावित्रालाई बाँकी र थप एक सिजन खेल्नका लागि अनुबन्ध गरेको हो ।

उक्त क्लबले भिडियो सन्देशसहित सावित्रालाई अनुबन्ध गरेको जानकारी दिएको छ । त्यसैगरी, ​सावित्रा क्लबसँग सम्झौता भएसँगै माघ १५ गते नै फ्रान्स प्रस्थान गरेकी थिइन् भने सावित्रा अनुबन्धित एना भान गेङगाङ्प १२ खेलमा ८ अंक जोड्दै हाल तालिकाको १०औं स्थानमा छ ।

त्यस्तै, १२ टोली सहभागिता रहेको लिगमा पुछारको दुई टोली रेलिगेसनमा पर्ने प्रावधान रहेको छ भने सो लिगमा अब एना भान गेङ्गाङ्पले १० खेल खेल्न बाँकी रहेको छ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?