Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

प्रधानमन्त्री कपको विजेताले १० लाख पाउने


काठमाडौं। छैटौँ संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने जानकारी दिएको छ ।

उक्त प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याटरले समान २० हजार प्राप्त गर्नेछन् भने उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् । त्यसैगरी, फाइनलमा शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ भने पुलिस अपराजित रहँदै र आर्मी १४ अंकका शीर्ष दुईमा रहेर फाइनल खेलेको हो ।

त्यस्तै,२०१७ को पहिलो संस्करणमा पुलिस र आर्मीले फाइनलमा वर्षाको कारण उपाधि बाँडेका थिए । २०१९ मा पुलिसले फाइनलमा आर्मीलाई हराउँदै उपाधि जितेको थियो भने २०२१ को फाइनलमा आर्मीले एपीएफलाई हराउँदै उपाधि जितेको थियो ।

 


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?