Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

प्रधानमन्त्री कपको विजेताले १० लाख पाउने


काठमाडौं। छैटौँ संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने जानकारी दिएको छ ।

उक्त प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याटरले समान २० हजार प्राप्त गर्नेछन् भने उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् । त्यसैगरी, फाइनलमा शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ भने पुलिस अपराजित रहँदै र आर्मी १४ अंकका शीर्ष दुईमा रहेर फाइनल खेलेको हो ।

त्यस्तै,२०१७ को पहिलो संस्करणमा पुलिस र आर्मीले फाइनलमा वर्षाको कारण उपाधि बाँडेका थिए । २०१९ मा पुलिसले फाइनलमा आर्मीलाई हराउँदै उपाधि जितेको थियो भने २०२१ को फाइनलमा आर्मीले एपीएफलाई हराउँदै उपाधि जितेको थियो ।

 


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?