Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

म्यानमारमा लम्बियो थप ६ महिना संकटकाल


काठमाडौं। म्यानमारले संकटकाल ६ महिना थप गरेको छ । म्यानमारको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले दक्षिणपूर्वी एशियाली देशमा आपतकालिन अवस्थालाई ६ महिना थप गरेको हो ।

त्यस्तै, कार्यवाहक राष्ट्रपति यू मिन्ट स्वेले एनडीएससीको बैठकमा आपतकालिन अवस्था ६ महिना लम्ब्याइएको घोषणा गरेका हुन् । देशको असामान्य परिस्थितिका कारण राज्यको संविधानको धारा ४२५ बमोजिम म्याद थप गरिएको बताइएको छ ।

उक्त बैठकमा टेलिकम ठगी नियन्त्रण, देशको विकास र शिक्षा क्षेत्रको प्रवर्द्धन, निर्वाचनको तयारी र राष्ट्रिय जनगणनाको तयारीका विषयमा पनि छलफल भएको बताइएको छ । त्यस्तै, म्यानमारले फेब्रुअरी २०२१ मा एक वर्षको लागि आपत्काल घोषणा गरेको थियो । त्यसपछि यसलाई यस वर्ष जनवरी ३१ सम्म चार पटक गरेर बढाएको थियो ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?