Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

म्यानमारमा लम्बियो थप ६ महिना संकटकाल


काठमाडौं। म्यानमारले संकटकाल ६ महिना थप गरेको छ । म्यानमारको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले दक्षिणपूर्वी एशियाली देशमा आपतकालिन अवस्थालाई ६ महिना थप गरेको हो ।

त्यस्तै, कार्यवाहक राष्ट्रपति यू मिन्ट स्वेले एनडीएससीको बैठकमा आपतकालिन अवस्था ६ महिना लम्ब्याइएको घोषणा गरेका हुन् । देशको असामान्य परिस्थितिका कारण राज्यको संविधानको धारा ४२५ बमोजिम म्याद थप गरिएको बताइएको छ ।

उक्त बैठकमा टेलिकम ठगी नियन्त्रण, देशको विकास र शिक्षा क्षेत्रको प्रवर्द्धन, निर्वाचनको तयारी र राष्ट्रिय जनगणनाको तयारीका विषयमा पनि छलफल भएको बताइएको छ । त्यस्तै, म्यानमारले फेब्रुअरी २०२१ मा एक वर्षको लागि आपत्काल घोषणा गरेको थियो । त्यसपछि यसलाई यस वर्ष जनवरी ३१ सम्म चार पटक गरेर बढाएको थियो ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?