Trending
>>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

समाचार


मानन्धरको ‘संङ्घर्षका पानाहरु’ पुस्तक विमोचन

काठमाडौँ । कम्युनिष्ट नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा विष्णुबहादुर मानन्धरद्वारा लिखित ‘संङ्घर्षका पानाहरु’ पुस्तकको विमोचन गरिएको छ । शनिवार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी मानन्धरको आत्माकथा ‘संङ्घर्षका पानाहरु’को विमोचन गरिएको हो । पुस्तक विमोचन कार्यक्रममा पूर्वराजदुत निलाम्बर आचार्यले विष्णुबहादुर मानन्धरजस्तो नेता आजको समाजमा फेला पार्न नसकिने बताएका छन् ।

निजी क्षेत्र बलियो भए अर्थतन्त्र बलियो हुन्छः सांसद झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउनसके मात्रै देशको अर्थतन्त्र बलियो हुने बताएका छन् । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा शनिवार राजधानीमा संवोधन गर्दै झाले निजी क्षेत्रको विकास विना अर्थतन्त्र मजबुद हुन नसक्ने बताएका छन् ।

‘स्वार्थको जगमा उभिएको नयाँ शक्ति तासको महलजस्तै ढल्छ’: महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको दाबी गरेका छन् । उनले विचार र सिद्धान्तबिनाको एकता लामो समय नटिक्ने ठोकुवा गरेका छन् । नयाँ शक्तिहरू (रवि–बालेन्द्र) बीचको आन्तरिक द्वन्द्वलाई संकेत गर्दै पोखरेलले विचार नमिल्नेहरुबीच स्वार्थको टकराव आउनासाथ विग्रह हुने बताएका

नवनियुक्त दुई मन्त्रीले लिए शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार दुई नयाँ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवले शीतल निवासमा आयोजित विशेष समारोहबीच शपथ लिएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले

नवनिर्वाचित उपसभामुख रुवीकुमारी ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख रुवीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । नवनिर्वाचित उपसभामुख ठाकुरले शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका

प्रतिनिधि सभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । उपसभामुखका लागि शुक्रवार भएको मतदानमा ठाकुर निर्वाचित भएकी हुन्। ठाकुरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको पक्षमा २ सय २९ मत परेको छ । विपक्षमा ५ मत खसेको छ भने तटस्थ २२ मत खसेको छ

हाजिरी जमानीमा रिहा भए कलाकार बले

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ हाजिर जमानीमा रिहा भएका छन्। अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाए पनि औपचारिक उजुरी नपरेपछि उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा चैत २१ गते पक्राउ गरिएको थियो। उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो । प्रहरीका अनुसार उनलाई शुक्रबार

‘काँग्रेसले कार्की आयोगको प्रतिवेदन ठाडै अस्वीकार गर्नुपर्छ’

काठमाडौँ । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल अस्वीकार नगरको भन्दै नेपाली काँग्रेसका नेताहरुको आलोचना गरिएको छ । काँग्रेसद्वारा गठित सो आयोगको प्रतिवेदन अध्ययन समितिले शुक्रवार काठमाडौंमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा बोल्दै काँग्रेसका शुभेच्छुक संस्था डमोक्रेटिक लयर्स एशोशिएशन (डिएलए) अध्यक्ष सीताराम केसी, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष मुक्तिराम श्रेष्ठलगायतले सो प्रतिवेदन

दार्चुलाको अवस्था देखेर रोएर आएँ : हर्क राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले दार्चुलाको विकट अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । उपसभामुखको निर्वाचन प्रक्रियामा सहभागी हुँदै अध्यक्ष राईले आफ्नो हालैको दार्चुला भ्रमणको स्मरण गर्दै अध्यक्ष राईले दार्चुलाको विकट अवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । आफूले त्यहाँको अवस्था देखेर रोएर आएको बताए ।

श्रम संस्कृति पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सिमित छैन : सांसद आरेन राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सीमित नरहेको स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उपसभामुख पदमा रुवीकुमारी ठाकुरलाई निर्वाचितथ गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्दै यस्तो बताएका हुन् । श्रम संस्मृति

सम्वन्धित समाचारहरु