Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

श्रम संस्कृति पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सिमित छैन : सांसद आरेन राई


‘पूर्वका राईहरूको पार्टी’ भन्ने आरोपको खण्डन गर्दै सांसद राईले भने– श्रम संस्कृति पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सिमित छैन

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सीमित नरहेको स्पष्ट पारेका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उपसभामुख पदमा रुवीकुमारी ठाकुरलाई निर्वाचितथ गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्दै यस्तो बताएका हुन् । श्रम संस्मृति पार्टीले भूगोल, जात र धर्मका आधारमा बाँडिएका सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने उनको दाबी छ । उनले मधेसको प्रतिनिधित्वमार्फत उपसभामुखमा थाकुरलाई रोज्नुको कारण खुलाउँदै उनले मधेस प्रदेश सबैभन्दा बढी जनसंख्या भएको तथा विगतका शासकहरूबाट सबैभन्दा बढी उत्पीडनमा परेको क्षेत्र भएको उल्लेख गरेका छन् ।

उनले भने, ‘श्रम संस्कृति पार्टीलाई पूर्वका राईको पार्टी हो पूर्वैतिर सिद्धिन्छ, यो क्षेत्रीय पार्टी हो भन्ने भ्रम प्रवाहित भयो । म भन्न चाहान्छु श्रम संस्कृति पार्टी, जाताको, धर्मको, भूगोलको नाममा छुट्याएका तमाम नेपालीहरुलाई हामी एउटै मालामा उनेर अगाडि बढ्न चाहन्छौँ । हामीले उपसभामुखलाई मधेश नै किन चुन्यौ भने मधेस सबैभन्दा धेरै जनसंख्या भएको प्रदेश पनि हो । हिजोका शासकहरुबाट सबैभन्दा धेरै थिचिएको प्रदेश पनि हो । आज सयौँको संख्यामा मधेशका चेलीहरु हेपिएका छन् । रुबीकुमारी यी सबैको आवाज बन्नुहुनेछ भन्न चाहन्छौँ । लोकतन्त्रको सुन्दर पक्ष भनेबै स्वच्छ प्रतिष्पर्धा हो । हामीले स्वच्छ प्रतिष्पर्धा गर्नुपर्छ । हामीलाई समर्थन गर्ने हामी सबैलाई धन्यावाद दिन चाहन्छौँ ।’

लोकतन्त्रको सुन्दर पक्ष नै प्रतिष्पर्धा भएको उल्लेख गर्दै उनले आफ्नो उम्मेदवारलाई समर्थन गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।


प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?