Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

मानन्धरको ‘संङ्घर्षका पानाहरु’ पुस्तक विमोचन


मानन्धरको ‘संङ्घर्षका पानाहरु’ पुस्तक विमोचन

काठमाडौँ । कम्युनिष्ट नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा विष्णुबहादुर मानन्धरद्वारा लिखित ‘संङ्घर्षका पानाहरु’ पुस्तकको विमोचन गरिएको छ ।

शनिवार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी मानन्धरको आत्माकथा ‘संङ्घर्षका पानाहरु’को विमोचन गरिएको हो । पुस्तक विमोचन कार्यक्रममा पूर्वराजदुत निलाम्बर आचार्यले विष्णुबहादुर मानन्धरजस्तो नेता आजको समाजमा फेला पार्न नसकिने बताएका छन् । मानन्धर सम्पन्न परिवारको व्यक्ति भएपनि एकदमै सादगी र सरल जीवनशैलीमा उहाँको जीवन बितेको उनको भनाई छ । उनले स्वच्छ छवि र सरल जीवनशैलीको रुपमा मानन्धरलाई स्मरण गरेका छन् । मानन्धर नेपालको किसान आन्दोलन, कम्युनिष्ट आन्दोनल र प्रजातान्त्रिक आन्दोलनको खम्बा रहेको उनको भनाई छ ।

उनले यो पुस्तकले मानन्धरलाई सदा जीवित राख्ने बताए । उनले मानन्धरको जीवनशैली वर्तमान राजनितिक परिथितिमा अत्यन्तै आवश्यक र उदाहरणीय रहेको उल्लेख गरेका छन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, कानूनविद् निलाम्बर आचार्य, पूर्वमन्त्री गणेश शाह लगायतको उपस्थिति रहेको थियो । पुस्तकलाई पव्लिकेशनले बजारमा ल्याएको हो ।


प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?