Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

‘काँग्रेसले कार्की आयोगको प्रतिवेदन ठाडै अस्वीकार गर्नुपर्छ’


‘काँग्रेसले कार्की आयोगको प्रतिवेदन ठाडै अस्वीकार गर्नुपर्छ’

काठमाडौँ । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल अस्वीकार नगरको भन्दै नेपाली काँग्रेसका नेताहरुको आलोचना गरिएको छ ।

काँग्रेसद्वारा गठित सो आयोगको प्रतिवेदन अध्ययन समितिले शुक्रवार काठमाडौंमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा बोल्दै काँग्रेसका शुभेच्छुक संस्था डमोक्रेटिक लयर्स एशोशिएशन (डिएलए) अध्यक्ष सीताराम केसी, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष मुक्तिराम श्रेष्ठलगायतले सो प्रतिवेदन अस्वीकार गर्दै अघि बढ्न काँग्रेस नेतृत्वलाई सुझाव दिएका हुन् । डिएलएका अध्यक्ष केसीले दिइएको म्यान्डेट अनुसार सो प्रतिवेदन आयोगले नल्याएकाले त्यसलाई काँग्रेसले ठाडै अस्विकार गर्नुपर्ने बताए ।

उनले भने, ‘यो जाँचबुझ आयोग ऐन २०२६ ले गठन भएको ऐन यतिखेर २०२६ सालको ऐन, जसले हरेक घटना हुँदाखेरी सरकारका नजिकमा मान्छेहरु राखेर आयोग गठन गरिदिने र त्यही अनुसार प्रतिवेदन आउने हिजाको परम्परा पनि थियो । यो परम्परा यसपाली पनि दोहोरिएको हो भन्न हामीले अप्ठयारो मान्नुपर्छ जस्तो लाग्दैन भन्ने मलाई लाग्दछ । खासगरी आयोगको काम भनेको २३ र २४ गते काठमाडौं लगायत मुलुकका विभिन्न प्रदर्शनको क्रममा भएका भौतिक तथा मानवीय क्षतिको एकीन गरी घटनाको एकीन गरी सोको रायसुझावसहितको प्रतिवेदन पेश गर्ने, भौतिक तथा मानवीय क्षतिसँग सूचना संकलन गरी विश्लेषण गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि उपाय सुझाव पेश गर्ने । र फेरि व्यक्ति वा समूहले अपराधिक मनसायका साथ सुनियोजित तथा संगठित तरिकाले गरेको हिंसाको भदभाव, पूर्वाग्रहरहित ढंगले छानविन गरी प्रतिवेदन पेश गर्ने । नेपाली काँग्रेसले टिओआर अनुसार नआएको प्रतिवेदन मान्नु हुँदैन जस्तो मलाई लाग्दछ । नमाने हुन्छ ।’

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष श्रेष्ठले नेताहरुले सो प्रतिवेदन मान्दैनौ भन्ने आँट नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले सोही प्रतिवेदनको आधारमा कुनै दाग नलागेका नेताहरुलाई सरकारले फसाउने षडयन्त्र गरिरहेको भन्दै काँग्रेस नेताहरुलाई सचेत हुन पनि आग्रह गरेका छन् ।

चिकित्सक श्रेष्ठले भने,‘यो आयोग गलत मनशायका साथ ल्याएको प्रतिवेदन हामी मान्दैनौ भनेर पनि हाम्रा नेताहरुले भन्न नसक्ने । त्यसकारण अहिले हामी सबैले के भन्नुपर्छ भने पार्टीले प्रजातन्त्रको रक्षाका लागि, विधिको शासनको लागि जे गर्न पनि तयार छौ । हिजो पनि लडेको नै हो । त्यसकारण अहिले यसलाई कुनै पनि हालतमा मान्नु हुँदैन । हिजो गिरिजा बाबुले जनमत अन्त हुँदा पनि संसद पुनस्थापना हुुनुपर्छ भन्दा आखिर भयो नि । पार्टीका लिडरहरु दह्रो हुने बेला आएको छ । यस्तै हो भने होली कुनै गल्ती नगरेका नेताहरुलाई फसाउने काम हुन्छ । यो प्रतिवेदन सरकारले सार्वजनिक पनि गरेको छैन । यसलाई मानेर जान हुँदैन । यो आयोगको शुरुवात नै गलत मनशायको छ । यसको परिणाम सही होइन, मान्न सकिँदैन । यो आयोगको प्रतिवेदन मान्य छैन भनेर जानु पर्दछ ।’

कार्यक्रममा सहभागी वक्ताहरुले काँग्रेस नेतृत्वको वर्तमान सरकारले गरेका गलत कामको भण्डाफोर गर्दै अघि बढ्नुपर्ने आवश्यकता पनि औल्याएका थिए ।


प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?