१४ असार, एजेन्सी । अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाको लहरका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ । वेब काउन्टी दक्षिणी टेक्सासमा, चिकित्सा परीक्षक डा कोरिन स्टर्नले बुधबार जनाएअनुसार असामान्य गर्मीका कारण ६० वर्षभन्दा माथिका ११ जनाको मृत्यु भएको छ । “यस्तो गर्मी हामीले यहाँ पहिले कहिल्यै अनुभव गरेका थिएनौं,”
१४ असार, लमजुङ । लमजुङस्थित दोर्दी कोरिडोरबाट एक सय २६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका पाँच आयोजनाबाट सो बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलका अनुसार दोर्दी करिडोर
१४ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सिएनआई) का नवनिर्वाचित पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुहुँदै उनले आर्थिक एवं औद्योगिक विकासका लागि परिसङ्घबाट प्रत्यक्ष रुपमा नीतिगत तथा
१४ असार, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भोकमरी र गरिबी कायमै छ भने विकास र मानवअधिकारका गफ दिनुको कुनै सार्थकता नहुने बताएका छन् । जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘जबजका आयाम र विशेषता’ विषयक विचारगोष्ठी एवं
१४ असार, काठमाडाैँ । घर तथा आवासलाई सुन्दर बनाउन हामीले प्रयोग गरेको टायलबाट वार्षिक कति रकम मुलुकबाट बाहिर जान्छ भन्ने अनुमान गर्नुभएको छ ? बढ्दो शहरीकरणका कारण परम्परागत तवरले घर निर्माण गर्ने क्रम पनि क्रमशः घट्दै गएको छ । शहरीकरणका कारण मानिसका आवश्यकता र चाहनामा परिवर्तन भएका छन् । सोही कारण
१४ असार, चितवन । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ
१४ असार, छेन्दु (चीन) । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी दिएका छन् । चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै उनले भने, “प्रत्यक्ष वैदेशिक लगानीलाई मध्यनजर गर्दै
१४ असार, जाजरकोट । नलगाड नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिएको छ । ‘भैँसी सुत्केरी प्रोत्साहन हातभरि’ भन्ने नाराका साथ नगरपालिकाले सुत्केरी भैँसीलाई रू एक हजारका दरले भत्ता दिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए । दैनिक भैँसीपालक कृषकको सङ्ख्या घटिरहेकाले भैँसीपालनलाई थप व्यवस्थित गराउँदै भैँसीपालनमा आत्मनिर्भर गराउने उद्देश्यले सुत्केरी भत्ताको
१४ असार, बागलुङ । बागलुङका स्थानीय तहले पृथक नीति तथा कार्यक्रम ल्याएका छन्। जिल्लाको दुई पालिकाले कुकुर र बाँदर नियन्त्रणका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। जिल्लाको बागलुङ नगरपालिकाले छाडा कुकुर नियन्त्रण गर्न कुकुर होस्टेल निर्माण गर्ने नीति लिइने उल्लेख गरेको छ भने जैमिनी नगरपालिकाले बाँदर नियन्त्रण गर्नका लागि
१४ असार, एजेन्सी । जोर्डन सशस्त्र बलले आफ्नो पूर्वी क्षेत्रीय सेनाले सिरियाबाट आउँदै गरेको ड्रोनलाई खसालेको छ बताएको छ । यो महिना दिनभित्रको तेस्रो ड्रोनलाई रोकिएको हो । सिरियाबाट अवैध सीमा पार गरेका जोर्डनका सीमा गार्ड, लागुऔषध विरोधी विभाग र सैन्य गुप्तचरले पत्ता लगाएपछि जोर्डनका सेनाले राज्यको भूभागभित्र ड्रोन खसालेको,