Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

२ अर्ब लगानीमा खुल्यो ‘प्राइम टायल’ उद्योग, ५० प्रतिशत कच्चा पदार्थ समेत आन्तरिक नै प्रयोग हुने


१४ असार, काठमाडाैँ । घर तथा आवासलाई सुन्दर बनाउन हामीले प्रयोग गरेको टायलबाट वार्षिक कति रकम मुलुकबाट बाहिर जान्छ भन्ने अनुमान गर्नुभएको छ ? बढ्दो शहरीकरणका कारण परम्परागत तवरले घर निर्माण गर्ने क्रम पनि क्रमशः घट्दै गएको छ ।

शहरीकरणका कारण मानिसका आवश्यकता र चाहनामा परिवर्तन भएका छन् । सोही कारण नेपालबाट वार्षिक रु १५ अर्ब बराबरको रकम टायल खरिदका लागि विदेशिने गरेको भन्सार विभागको तथ्याङ्क छ ।

यही यर्थाथतालाई मध्यनजर गर्दै नेपाली उद्योगी व्यवसायीले नै देशभित्र अन्तर्राष्ट्रिय गुणस्तरको टायल उत्पादन शुरु गरेका छन् । सरकारले लिएको औद्योगिककरणको नीति तथा हरेक क्षेत्रमा आत्मनिर्भर बन्ने उद्देश्यलाई सफल बनाउन प्राइम सेरामिक्सले ‘प्राइम टायल’को उत्पादन सुरु गरेको हो ।

लामो समयदेखि नेपालमा टायल तथा सोही प्रकृतिका सामान आयात गरेर व्यापार गर्दै आएका व्यवसायीहरु आशीष गर्ग, प्रशान्त अग्रवाललगायतले मधेस प्रदेशको रौतटहमा प्राइम सेरामिक्स उद्योग स्थापना गरेका हुन् ।

कूल रु दुई अर्ब लगानीमा स्थापना गरिएको उद्योगले हाल तीनसयलाई रोजगारी समेत दिएको प्राइम सेरामिक्सका अध्यक्ष गर्गले जानकारी दिए । “अब ट्रेडर्स होइन, उद्योगी बन्नुपर्छ भन्ने सोचका साथ उद्योग स्थापना गरेका हौँ । यसमा सरकारको नीतिले पनि साथ दिएको छ” उनले भने, “सानो मात्रामा भएपनि देशभित्रै रोजगारी सिर्जना गर्ने र विदेशी मुद्रा स्वदेशमा नै राख्ने उद्देश्य राखिएको छ ।”

नेपालमा हाल अधिकांश टायल भारतबाट आयात हुने गरेको छ । नेपाली कला, संस्कृतिअनुसारको टायल बनाइने भएकाले आफूहरुको उत्पादनले बजार विस्तारका साथै राष्ट्रिय मर्मलाई समेत सम्बोधन गर्ने उद्योगका प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए ।

नेपालीको सुन्दर घरको सपनालाई साकार पार्ने तथा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको जानकारी दिँदै उनले प्राइम सेरामिक्स उद्योगको दैनिक डेढ लाख वर्ग फिट टायल उत्पादनको क्षमता राखे ।

नेपाली माटो, नेपाली सिमेन्टलगायत झण्डै ५० प्रतिशत कच्चा पदार्थ समेत आन्तरिक नै प्रयोग हुने भएकाले विदेशी टायलभन्दा सस्तो पर्ने समेत प्रबन्ध निर्देशक अग्रवालको भनाइ छ । रौतटहको बृन्दावन नगरपालिका–६ मा १० विघा क्षेत्रफलमा स्थापित उद्योग स्थापना गर्नुको पछाडि दुई दशकदेखि नै टायल व्यापारको अनुभवले पनि काम गरेको उनको भनाइ छ ।

उद्योगले टायलको आयात प्रतिस्थापन गर्ने, विदेशी मुद्रा बाहिरनबाट रोक्ने, रोजगारीको सिर्जना गर्ने उद्देश्य लिएको अध्यक्ष गर्गको भनाइ छ । उर्जा उद्यमी समेत रहेका गर्गले आन्तरिक रुपमा उत्पादन बढाउने सरकारको नीति भएपनि व्यवसायीलाई थप सहजीकरण गरिदिन सरकारसँग माग गरे ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?