Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

सुत्केरी भैँसीलाई पनि भत्ता !


१४ असार, जाजरकोट । नलगाड नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिएको छ । ‘भैँसी सुत्केरी प्रोत्साहन हातभरि’ भन्ने नाराका साथ नगरपालिकाले सुत्केरी भैँसीलाई रू एक हजारका दरले भत्ता दिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए ।

दैनिक भैँसीपालक कृषकको सङ्ख्या घटिरहेकाले भैँसीपालनलाई थप व्यवस्थित गराउँदै भैँसीपालनमा आत्मनिर्भर गराउने उद्देश्यले सुत्केरी भत्ताको व्यवस्था गरिएको उनले बताए । असार मसान्तभित्र सबै सुत्केरी भैँसीको भत्ता दिइसक्ने गिरीको भनाइ थियो ।

वडा नं ६ का वडाध्यक्ष वीरेन्द्र खड्काले वडाभित्र रहेका ३१ भैँसीपालन गर्ने किसानले सुत्केरी भत्ता बुझेको बताए । उनका अनुसार नगरपालिकाभरि तीन सय २४ सुत्केरी भैँसी छन् । भत्ता पाएपछि किसान खुसी भएका छन् ।

“बर्सेनि भैँसीपालक किसानलाई नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएर सहयोग गर्दै आएको छ । साथै नगरपालिकाले भैँसी बिक्री वितरणमा रोक समेत लगाएको छ”, वडाध्यक्ष वीरेन्द्र खड्काले भने ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?