१५ असार, काठमाडाैँ । नेकपा (एमाले)ले पार्टी सचिव योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्ति जारी गरी मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा बिहीबार इलाममा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा इलाम बजारमा भट्टराईमाथि अभद्र व्यवहार भएको एमालले जनाएको छ
१५ असार, कर्णाली । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक यहाँका नौ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले विसं २०७९ चैत २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार सूचना सार्वजनिक गरिएको
१५ असार, काठमाडाैँ । गोरखामा प्रहरीले टल्कने ठूलो ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका–७ स्थित सीतपीपलबाट झन्डै ५४ किलोग्रामको टल्कने ठूलो ढुङ्गा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए। “‘साइन स्टोन’ हो भन्ने जानकारी आएपछि प्रहरीको टोलीले सम्बन्धित घरमा उक्त ढुङ्गा बरामद गरेर
१५ असार, काठमाडाैँ । देशभरका सात सय ५३ स्थानीय तहमध्ये करिब एक सय ४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएपछि ती स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन हुन पुगेका छन् । प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय तहले
१५ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य रहेको बताएका छन् । बिहीबार टोकियोस्थित नेपाली दूतावास, जाइका एन्ड जेट्रो र युएनआइडीओको संयुक्त आयोजनामा जापानको टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राणाले वैदेशिक लगानी स्वदेशी लगानीको परिपूरकमात्रै नभएर लगानी
१५ असार ,काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् । फ्रान्सको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको यस आइकन हेर्नमात्रै दैनिक २५ हजार व्यक्तिले औसतमा १० करोड टिकटमै
१५ असार, पोखरा । गण्डकी प्रदेश सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको छ । भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिइन् । मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तक्र्रिया हुने उनले बताइन् । भेलामा अन्तरप्रदेशबीचको अनुभव आदान–प्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत
१५ असार ,मकवानपुर । काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्र्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाडौँ–हेटौँडाको यातायात अवरुद्ध भएको छ । मकवानपुर जिल्लाको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो वर्षा भइरहेको कारणले मौसम सुधार भएमा मात्रै हटाउन सकिने भएको ललितपुर प्रहरीले जानकारी दिएको
१५ असार ,काठमाडौँ । आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका हुन् । दिवसका अवसरमा देशभर
१५ असार ,गल्याङ । शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’मा कुनै समय महिलालाई प्रवेश निषेध थियो । महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे । हिजाआज भने मन्दिर महिलाका लागि समेत खुला गरिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी मन्दिर शाह वंशको कूलदेवता र कूल