Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

पहिरोले कान्तिलोकपथ अवरुद्ध


१५ असार ,मकवानपुर । काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्र्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाडौँ–हेटौँडाको यातायात अवरुद्ध भएको छ ।

मकवानपुर जिल्लाको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो वर्षा भइरहेको कारणले मौसम सुधार भएमा मात्रै हटाउन सकिने भएको ललितपुर प्रहरीले जानकारी दिएको बताइएको छ ।

यता हेटौँडाबाट काठमाडौँ जान हिँडेको हल्का सवारीसाधनलाई ठिङ्गन प्रहरीले रोकेर यातायात नखुलेसम्म लामबद्ध गरी रोकिराखेको पनि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताएका छन् ।

यसैगरी चितवन जिल्लाको मुग्लिन सडकखण्ड पहिराका कारण अवरुद्ध भएपछि काठमाडौँबाट चितवनतर्फ आएका सबै सवारीसाधनलाई धादिङ नौबीसेको त्रिभुवन राजपथबाट सवारीसाधन गए रातिदेखि सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

यसैगरी पश्चिमबाट आएका विभिन्न सवारीसाधन पनि हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाडौँ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी र चित्लाङ थानकोट सडकमा पनि अहिले दैनिक सवारीसाधन सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?