Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

प्रहरीले बरामद गर्यो ४५ किलोग्रामको टल्कने ढुङ्गा, अनुसन्धान हुँदै


१५ असार, काठमाडाैँ । गोरखामा प्रहरीले टल्कने ठूलो ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका–७ स्थित सीतपीपलबाट झन्डै ५४ किलोग्रामको टल्कने ठूलो ढुङ्गा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।

“‘साइन स्टोन’ हो भन्ने जानकारी आएपछि प्रहरीको टोलीले सम्बन्धित घरमा उक्त ढुङ्गा बरामद गरेर ल्याएको छ”, उनले भने, “ढुङ्गा पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको रहेछ, प्रहरीलाई गोप्य ढङ्गबाट सूचना प्राप्त भएपछि घरबाट बरामद गरेर ल्याइएको हो, अहिलेसम्म हामीले हेर्दा बुझ्दा टल्कने ढुङ्गा भन्ने देखिएको छ।”

ढुङ्गा हेर्दा पारदर्शी ‘क्रिस्टल’ जस्तो रहेको उनले बताए। “एकातिरबाट ‘लाइट’ बाल्दा भित्रैबाट अर्कोतिर वारपार हुन्छ”, प्रनाउ श्रेष्ठले भने, “अहिलेसम्मको अध्ययनमा ‘साइनिङ स्टोन’ हो भन्ने हाम्रो बुझाइ छ।”

उनले बरामद गरिएको ढुङ्गाका बारेमा भू–गर्भविद्सँग भिडियोमार्फत जानकारी लिएको र भू–गर्भविद्ले बरामद गरिएको वस्तु ‘वाच क्रिस्टल’ भएको हुनसक्ने बताएको जानकारी दिए। बरामद गरिएको ढल्कने ढुङ्गा चोरी गरिएको नभई पुर्ख्यौलीरूपमा घरमा राखिएको अवस्थामा पाइएकोे प्रनाउ श्रेष्ठले जानकारी दिए।

“बरामद गरिएको वस्तु के हो भन्ने कुरा परीक्षणपछि मात्र थाहा हुन्छ”, उनले भने, “पुरातात्विक महत्त्वको हो भने राज्यले सङ्ग्रहालय वा अन्य आधिकारिक सरकारी निकायमा पठाउनेछ, बहुमूल्य हो वा होइन भन्ने कुरा परीक्षणपछि मात्र पत्ता लाग्छ, अहिले नै बहुमूल्य भन्ने मिल्ने अवस्था छैन।”

श्रेष्ठले आफूले पनि पहिलोपटक यस्तो प्रकारको ढुङ्गा देखेको बताए। “झट्ट हेर्दा ठूलो ‘आइस’ जस्तो देखिन्छ”, उनले भने, “उक्त ढुङ्गा बिक्री वितरण हुँदैछ भन्नेसम्मको सूचना हामीलाई प्राप्त भएको थियो, त्यसको आधिकारिताबारे पनि अनुसन्धान गर्दैछौँ।”


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?