१ ,श्रावण ,काठमाडौँ । साउन चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित भारत सुपौल भगवानपुर-११ बस्ने २१ वर्षीय रोशन कुमार पासवानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागू औषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले झापाबाट काठमाडौंतर्फ
१ ,श्रावण ,काठमाडौँ । जुम्लामा सहजरूपमा नुन उपलब्ध नभएको भन्दै आइतबार डिपोमा उपभोक्ताले तोडफोड गरेका छन् । नुनका लागि लाइनमा लागेका जुम्लाका स्थानीयवासीले डिपोमा ढुङ्गामुढा गरेको नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए । “नुन वितरण भइरहेको समयमा ढुङ्गामुढा हुँदा डिपो कार्यालयमा क्षति भएको छ”, कार्यालय प्रमुख
१ ,श्रावण ,जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपाध्यक्ष भण्डारी पालिकादेखि जिल्ला प्रहरी कार्यालयमा आफैँ पुगेका थिए । उपाध्यक्ष भण्डारीमाथि अध्यक्षको कार्यकक्षमा प्रवेश गरेर हातपात गरेको आरोप छ । गाउँपालिका प्रवक्ता अर्जुन महताराका अनुसार उपाध्यक्ष
१ ,श्रावण ,काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँ उपत्यकाभित्रका नदी करिडोरमा रहेका बस्ती र सोबाट उत्पन्न समस्या समाधानका लागि समन्वयात्मक पहल थालेको छ । समस्या समाधानका लागि आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सरोकारवाला मन्त्रालय तथा निकायका प्रमुख एवं पदाधिकारीको बैठक सम्पन्न भएको छ । बैठकले लामो समयदेखि कायम उक्त
१ ,श्रावण ,पोखरा । पोखरामा १० हजार किलोलिटर अर्थात् एक करोड लिटर डिजल भण्डारण क्षमताका दुई वटा गृहको उद्घाटन गरिएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडामा नेपाल आयल निगमले निर्माण गरेको डिजल भण्डारण गृहको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे । सो अवजसरमा
१ ,श्रावण ,काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई रु ८३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २०८०
१ ,श्रावण ,जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ स्थित प्राचीनतम कपिलेश्वरनाथ महादेव मन्दिरमा आजदेखि छ हप्ता लामो ‘श्रावण पूजनोत्सव मेला’ सुरु भएको छ । प्राचीनकालदेखि नै हरेक श्रावण महिनाको आज विशेष पूजाअर्जना हुँदै आए पनि विगत ४०/४२ वर्षदेखि मेलाकै रूपमा श्रावण पूजनोत्सव मेला मनाउने प्रचलनअनुसार आजदेखि यस वर्षको मेला कार्यक्रम सुरु
१ ,श्रावण ,काठमाडौँ । श्रीलङ्कामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारत ‘ए’ टोलीलाई जितका लागि एक सय ६८ रनको लक्ष्य दिएको छ । कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ३९ दशमल दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको
१ ,श्रावण ,काठमाडौँ । चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जले देशमा आवश्यक स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा जोड दिएको छ । संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पदाधिकारी एवं प्राध्यापकहरूले सन् १९७२ मा स्थापित महाराजगञ्ज क्याम्पसबाट उत्पादित जनशक्तिले मुलुकका अधिकांश अस्पतालमार्फत आमजनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्दै परिवर्तित सन्दर्भमा
१ ,श्रावण ,काठमाडौँ । काठमाडौँ जिल्लामा एक वर्षमा बैङ्किङ कसुरमा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँ आज पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९/८० को एक वर्षमा काठमाडौँभित्र बैङ्किङ कसुरसम्बन्धी सात हजार एक सय एक मुद्दा दर्ता भएको जानकारी दिएको हो । पत्रकार