Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

नेपालले भारत ‘ए’लाई जितका लागि एक सय ६८ रनको लक्ष्य दियो


१ ,श्रावण ,काठमाडौँ । श्रीलङ्कामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारत ‘ए’ टोलीलाई जितका लागि एक सय ६८ रनको लक्ष्य दिएको छ ।

कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ३९ दशमल दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको हो । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ८५ बलमा सात चौका प्रहार गर्दै ६५ रन बनाएका हुन् ।

त्यस्तै गुलसन झाले ३० बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाए । यसैगरी सोमपाल कामीले १४ रन जोडे भने देव खनालले १५ तथा आसिफ शेखले सात रन बनाए । बलिङतर्फ भारत ‘ए’ का लागि निशान्त सिन्धुले चार विकेट लिए भने राजवर्धन हङ्गागेकारले तीन विकेट झारे ।

त्यस्तै हर्षित रानाले दुई विकेट लिँदा मानव सुथारले एक विकेट लिए । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको थियो । यता भारतले युएई ‘ए’ लाई आठ विकेटले हराएको थियो ।

यसअघि नेपालमा आयोजना भएको एसिसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र भारत भने स्वतः छनोट भएको हो । यस प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ ।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?