Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

नेपालले भारत ‘ए’लाई जितका लागि एक सय ६८ रनको लक्ष्य दियो


१ ,श्रावण ,काठमाडौँ । श्रीलङ्कामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारत ‘ए’ टोलीलाई जितका लागि एक सय ६८ रनको लक्ष्य दिएको छ ।

कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ३९ दशमल दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको हो । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ८५ बलमा सात चौका प्रहार गर्दै ६५ रन बनाएका हुन् ।

त्यस्तै गुलसन झाले ३० बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाए । यसैगरी सोमपाल कामीले १४ रन जोडे भने देव खनालले १५ तथा आसिफ शेखले सात रन बनाए । बलिङतर्फ भारत ‘ए’ का लागि निशान्त सिन्धुले चार विकेट लिए भने राजवर्धन हङ्गागेकारले तीन विकेट झारे ।

त्यस्तै हर्षित रानाले दुई विकेट लिँदा मानव सुथारले एक विकेट लिए । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको थियो । यता भारतले युएई ‘ए’ लाई आठ विकेटले हराएको थियो ।

यसअघि नेपालमा आयोजना भएको एसिसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र भारत भने स्वतः छनोट भएको हो । यस प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ ।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?