Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

जनकपुरको कपिलेश्वरनाथमा छ हप्ता लामो श्रावण पूजनोत्सव मेला


१ ,श्रावण ,जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ स्थित प्राचीनतम कपिलेश्वरनाथ महादेव मन्दिरमा आजदेखि छ हप्ता लामो ‘श्रावण पूजनोत्सव मेला’ सुरु भएको छ ।

प्राचीनकालदेखि नै हरेक श्रावण महिनाको आज विशेष पूजाअर्जना हुँदै आए पनि विगत ४०/४२ वर्षदेखि मेलाकै रूपमा श्रावण पूजनोत्सव मेला मनाउने प्रचलनअनुसार आजदेखि यस वर्षको मेला कार्यक्रम सुरु भएको कपिलेश्वरनाथ युवा कमिटीका अध्यक्ष मनोजकुमार साहले जानकारी दिए ।

साहले आजदेखि सुरु भएको मेला लगातार छ सोमबारसम्म चल्ने र त्यसका लागि विगत वर्षहरूमा भन्दा मेला भर्न आउने श्रद्धालुहरूको सहजताका लागि पूजाअर्चनाको व्यवस्थापन गरिनुका साथै हरेक दिन साँझ ७ बजे सन्ध्या आरतीको व्यवस्था गरिएको बताए । जनकपुरधाम–१६ का वडाध्यक्ष रामचन्द्र पजियारले धार्मिक सहरका रूपमा रहेको जनकपुरधाममा मन्दिर नै मन्दिर भए पनि जनकवंशीय राजा शिरध्वज जनकको पालादेखि नै स्थापित कपिलेश्वरनाथको विशेष महत्व रहेको बताए ।

उनले मिथिला राजधानी जनकपुरको रक्षा र कल्याणका लागि जनकपुरको चारैतर्फ चारनाथको स्थापना गरिएको धार्मिक मान्यतानुसार पूर्वउत्तर दिशामा कपिलेश्वरनाथ महादेवको स्थापना गरेको किंवदन्ती रहेकाले भक्तजनले विशेष महत्व दिने गरेको बताए ।

पत्रकार श्रीनारायण साहले पनि मिथिलामा रहेका पौराणिक मठ मन्दिरमध्ये कपिलेश्वरनाथ एक प्राचीन तथा पुरातात्विक महत्वको मन्दिर भएका कारण यहाँ श्रद्धालुहरूको विशेष आकर्षण रहेको बताए । “यस मन्दिरको गर्भगृहमा देवाधिदेव महादेवको शिवलिङ्ग, बसाहा, गणेश, पार्वती, नन्दी, शालिग्रामको प्रतिमा राखिएको छ । ती सबै प्रतिमा अलौकिक एवं दुर्लभ काला पत्थरका हुन्”, साहले भने, “राजा जनकले नै दैनिक पूजाअर्चना गर्ने स्थानका रूपमा धार्मिक ग्रन्थमा वर्णन भएअनुसार शिवरात्रि, सोमबारी, श्रावणी मेला (सावन महिना) आयोजना हुने गरेको छ । यहाँ नेपालका साथै भारतबाट पनि श्रद्धालुहरू मेला भर्न आउने गरेका छन् ।”

जनकारका अनुसार यो मन्दिर परिसरमा ईस्वी संवत् १३२० मा राखिएको घण्टी पनि छ ।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?