Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

जनकपुरको कपिलेश्वरनाथमा छ हप्ता लामो श्रावण पूजनोत्सव मेला


१ ,श्रावण ,जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ स्थित प्राचीनतम कपिलेश्वरनाथ महादेव मन्दिरमा आजदेखि छ हप्ता लामो ‘श्रावण पूजनोत्सव मेला’ सुरु भएको छ ।

प्राचीनकालदेखि नै हरेक श्रावण महिनाको आज विशेष पूजाअर्जना हुँदै आए पनि विगत ४०/४२ वर्षदेखि मेलाकै रूपमा श्रावण पूजनोत्सव मेला मनाउने प्रचलनअनुसार आजदेखि यस वर्षको मेला कार्यक्रम सुरु भएको कपिलेश्वरनाथ युवा कमिटीका अध्यक्ष मनोजकुमार साहले जानकारी दिए ।

साहले आजदेखि सुरु भएको मेला लगातार छ सोमबारसम्म चल्ने र त्यसका लागि विगत वर्षहरूमा भन्दा मेला भर्न आउने श्रद्धालुहरूको सहजताका लागि पूजाअर्चनाको व्यवस्थापन गरिनुका साथै हरेक दिन साँझ ७ बजे सन्ध्या आरतीको व्यवस्था गरिएको बताए । जनकपुरधाम–१६ का वडाध्यक्ष रामचन्द्र पजियारले धार्मिक सहरका रूपमा रहेको जनकपुरधाममा मन्दिर नै मन्दिर भए पनि जनकवंशीय राजा शिरध्वज जनकको पालादेखि नै स्थापित कपिलेश्वरनाथको विशेष महत्व रहेको बताए ।

उनले मिथिला राजधानी जनकपुरको रक्षा र कल्याणका लागि जनकपुरको चारैतर्फ चारनाथको स्थापना गरिएको धार्मिक मान्यतानुसार पूर्वउत्तर दिशामा कपिलेश्वरनाथ महादेवको स्थापना गरेको किंवदन्ती रहेकाले भक्तजनले विशेष महत्व दिने गरेको बताए ।

पत्रकार श्रीनारायण साहले पनि मिथिलामा रहेका पौराणिक मठ मन्दिरमध्ये कपिलेश्वरनाथ एक प्राचीन तथा पुरातात्विक महत्वको मन्दिर भएका कारण यहाँ श्रद्धालुहरूको विशेष आकर्षण रहेको बताए । “यस मन्दिरको गर्भगृहमा देवाधिदेव महादेवको शिवलिङ्ग, बसाहा, गणेश, पार्वती, नन्दी, शालिग्रामको प्रतिमा राखिएको छ । ती सबै प्रतिमा अलौकिक एवं दुर्लभ काला पत्थरका हुन्”, साहले भने, “राजा जनकले नै दैनिक पूजाअर्चना गर्ने स्थानका रूपमा धार्मिक ग्रन्थमा वर्णन भएअनुसार शिवरात्रि, सोमबारी, श्रावणी मेला (सावन महिना) आयोजना हुने गरेको छ । यहाँ नेपालका साथै भारतबाट पनि श्रद्धालुहरू मेला भर्न आउने गरेका छन् ।”

जनकारका अनुसार यो मन्दिर परिसरमा ईस्वी संवत् १३२० मा राखिएको घण्टी पनि छ ।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?