Trending
>>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

उच्च शिक्षातर्फको बजेट न्यून, अनुसन्धान कार्य प्रभावित : उपकुलपति प्राडा बास्कोटा


१ ,श्रावण ,काठमाडौँ । चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जले देशमा आवश्यक स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा जोड दिएको छ ।

संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पदाधिकारी एवं प्राध्यापकहरूले सन् १९७२ मा स्थापित महाराजगञ्ज क्याम्पसबाट उत्पादित जनशक्तिले मुलुकका अधिकांश अस्पतालमार्फत आमजनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्दै परिवर्तित सन्दर्भमा यसको दायरा वृद्धि गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने खाँचो औँल्याए ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिविजस्तो देशकै सबैभन्दा जेठो र ठूलो विश्वविद्यालयमा आवश्यक बजेट र जनशक्ति व्यवस्थाका लागि निरन्तर पहल गरे पनि सम्बोधन नभइदिँदा अनुसन्धान तथा कर्मचारीको वृत्तिविकासँग सम्बन्धित कामकाज प्रभावित हुन पुगेको बताए ।

उनले नेपाल सरकारको स्वीकृतिबिना त्रिभुवन विश्वविद्यालयममा कर्मचारी दरबन्दी वृद्धि गर्न नपाइने व्यवस्था रहेको जानकारी दिँदै अदालतमा परेको मुद्दा मामिलाका कारणसहित एक वर्षदेखि त्रिवि सेवा आयोगमा पदाधिकारीविहीन हुँदा कर्मचारी नियुक्ति तथा बढुवा प्रक्रिया अवरुद्ध भएको स्पष्ट गरे ।

चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राडा दिव्यासिंह शाहले २२ जना विद्यार्थी र तीन सय एक शैय्याबाट स्वदेशमा सुरु भएको शिक्षण अस्पताल आज देशभर विस्तार भएको उल्लेख गर्दै शिक्षण अस्पतालहरूमा गुणस्तरीय शिक्षासहित सर्वसाधारणको पहुँच दिलाउन पहल भइरहेको बताए ।

सहायक डिन प्राडा अभ्युमन्यु झाले त्रिवि चिकित्सा शास्त्रअन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसका हैसियतले देशभर बर्सेनि विशेषज्ञ सेवासहितका चिकित्सक, नर्स तथा अन्य विधाका देशलाई आवश्यक स्वास्थ्यकर्मी उत्पादन भइरहेको छ भने । सो अवसरमा महाराजगञ्ज क्याम्पसका क्याम्पस प्रमुख प्राडा अर्जुनप्रसाद लामिछाने, प्राडा सुरेश उप्रेती लगायतका वक्ताहरूले कर्मचारीको वृत्तिविकास, स्थायित्व, सेवासुविधा लगायतका विषयमा नेतृत्वको ध्यानाकर्षण गरेका थिए ।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?