Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

जुम्लामा नुन डिपोमा तोडफोड


१ ,श्रावण ,काठमाडौँ । जुम्लामा सहजरूपमा नुन उपलब्ध नभएको भन्दै आइतबार डिपोमा उपभोक्ताले तोडफोड गरेका छन् ।

नुनका लागि लाइनमा लागेका जुम्लाका स्थानीयवासीले डिपोमा ढुङ्गामुढा गरेको नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए । “नुन वितरण भइरहेको समयमा ढुङ्गामुढा हुँदा डिपो कार्यालयमा क्षति भएको छ”, कार्यालय प्रमुख मल्लले भने, “म सिञ्जामा नुन वितरण गर्न गएको थिएँ, हिजो आइतबार सदरमुकामको डिपोमा अन्य कर्मचारीले नुन बाँडिरहेको समयमा तोडफोड हुँदा कार्यालयको मुख्य ढोकामा क्षति भएको छ ।

उनका अनुसार नुन कम भएकाले यसअघि तीन प्याकेटका दरले वितरण गर्ने गरिएको थियो । यसपटक भने एउटा व्यक्तिलाई पाँच प्याकेटका दरले वितरण गरिएको कार्यालय प्रमुख मल्लको भनाइ छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कार्यालयले नुन बाँडिरहेको समयमा अपुग भएपछि केही व्यक्तिले ढङ्गामुढा गरेको जानकारी दिए । अब नुन वितरण वडाबाटै गर्ने गरी चाँडै काम अगाडि बढाइएको उनको भनाइ छ ।

गत वर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नुन स्वीकृत भए पनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नुन थप भएकाले कार्यालयमा नुनको अभाव नभएको नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाले जनाएको छ ।

यहाँको सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहका लागि नराकोटमा नुनको उपशाखा कार्यालय स्थापना गरी नुन वितरण भइरहेको सो कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?