४ ,श्रावण ,काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन ।
४ ,श्रावण ,पर्वत । पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङमा बिरामी चितुवाको उद्धार गरिएको छ । बुधबार मालढुङ्गा–बेनी सडक नजिकै फर्सेमा मकैको खेतमा भेटिएको बिरामी चितुवाको डिभिजन वन कार्यालयले उद्धार गरेको हो । करिब डेढ वर्ष उमेरको चितुवा मकै बारीमा सुतेको देखेपछि स्थानीयले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । कार्यालय प्रमुख
४ ,श्रावण ,काठमाडौँ । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज (बिहीबार) पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा हिजो पनि बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने भएको हो । उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर
४ ,श्रावण ,काठमाडौँ । आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो । आगामी भदौ १३ गते
४ ,श्रावण ,काठमाडौँ । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा गएको बाढीबाट क्षति पुगेको पुल चाँडो निर्माण गर्न माग गरिएको छ । सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर यही असार २ गते आएको बाढीले हेवाखोला र पिलुवाखोलामा रहेका दुई वटा पक्की पुल बगाएको
४ ,श्रावण ,रसुवा। रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन् । हालसम्म जिल्लामा लम्पी स्किनबाट एक सय ५९ पशुचौपाया मरेका छन् । जिल्लाका पाँचवटै गाउँपालिकाका पशुचौपाया लम्पी स्किन रोग फैलिएको छ । सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिकामा भएको
३ ,श्रावण ,सुनसरी । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ स्थित शिबधारा इलाकाबाट साउन २ गते सशस्त्र प्रहरीले करीव १२ लाख २२ हजार ३ सय तेह्र रुपैयाँ बराबरको मोटर पार्टस् सहित एउटा सुमो गाडी नियन्त्रणमा लिएको छ । धरानबाट धनकुटातर्फ जाँदै गरेको ना १ ज ६२९२ नम्बरको सुमो गाडीमा सुरक्षा बेश
३ ,श्रावण ,काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो । सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री डा. महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भन्नुभयो, ‘जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण र उपलब्धिमुलक रह्यो ।’ मुलतः
३ ,श्रावण ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको प्रशासन, व्यवस्थापन र कर्मचारी संयन्त्रमा सुनिने गरिएका जनगुनासो अन्त्यका लागि जनप्रशासन सङ्घले भूमिका खेल्नुपर्ने बताएका छन् । सङ्घले आज आयोजना गरेको ‘हेमबहादुर मल्ल सम्मान’ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सार्वजनिक क्षेत्रको नीति–निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा सङ्घले व्यावसायिक पृष्ठपोषण गर्ने गरेकामा खुसी व्यक्त
३ ,श्रावण ,काठमाडौँ । क्यानडाको भ्यानकुभरमा यसै साता आयोजित एशिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपिजी) को वार्षिक प्लेनरी बैठकले नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन (म्युचुअल इभ्यालुएसन रिपोर्ट) पारित गरेको छ । उक्त बैठकले यसै वर्ष मूल्याङ्कन सम्पन्न भएका नेपालसहित ब्रुनाई र लाओसको प्रतिवेदन पनि पारित गरेको हो । गत मङ्सिर