Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

सङ्खुवासभाको हेवाखोलामा तत्काल बेलिब्रिज निर्माण गर्न मन्त्रीसमक्ष माग


४ ,श्रावण ,काठमाडौँ । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा गएको बाढीबाट क्षति पुगेको पुल चाँडो निर्माण गर्न माग गरिएको छ ।

सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर यही असार २ गते आएको बाढीले हेवाखोला र पिलुवाखोलामा रहेका दुई वटा पक्की पुल बगाएको भन्दै उक्त पुल चाँडो निर्माण गर्न माग गरेको हो ।

भेटमा सांसद खड्काले बाढीले पक्की पुल बगाउँदा चैनपुर र पाँचखपनमा आवतजावतको समस्या भएको भन्दै चाँडो पुल निर्माणका लागि मन्त्री ज्वालाको ध्यानाकर्षण गरेका हुन् । “सङ्खुवासभामा आएको बाढीले पक्की पुल र झोलुङ्गे पुल बगाउनुका साथै १९ घर विस्थापित भएका छन्, पुल चाँडो निर्माण र विस्थापित जनतालाई चाँडो बासको व्यवस्था होस्”, उनले भने ।

उक्त बाढीपहिराले सङ्खुवासभाका १० वटा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको थियो । भेटमा मन्त्री ज्वालाले सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा बाढीपहिराले पुर्याएको क्षतिबारे सरकार जानकार रहेको उल्लेख गर्दै प्रभावित ठाउँमा चाँडो बेलिब्रिज निर्माण गरिने बतार् । “गृह, सहरी विकासलगायतका सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर प्रभावित ठाउँमा चाँडो बेलिब्रिज निर्माण गर्छौं, सरकारसँग ‘स्टक’ रहेको बेलिब्रिज प्रभावित ठाउँमा पठाउँछौँ”, उनले भने ।

सङ्खुवासभाको टोलीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहरी विकासमन्त्री सीता गुरुङलगायतलाई भेटेर बेलिब्रिज निर्माण गर्न माग गरिसकेको छ । भेटमा पाँचखपन नगरपालिकाका प्रमुख विपिन राई, कांग्रेस नेता थीरबहादुर राई, दीपेन्द्रमान शाक्य, चित्रप्रसाद श्रेष्ठ, डम्बर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: ४ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?