Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल


मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पार्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उहाँले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिनुभएको हो । बुधवार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको पनि बताउनु भयो । आफूले निर्वाचनमा उठनका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर सञ्चार माध्यामहरुले झुटो समाचार संप्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म यहाँहरुलाई आज स्पष्ट पार्न चाहन्छु–मैले अहिलेसम्म चुनावमा उठने वा नउठने भन्ने केही पनि निर्णय गरेको छैन । दोस्रो कुरा यहाँहरुलाई म स्पष्ट पार्न चाहन्छु–म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको छैन । वार्ता वा छलफल गरेको छैन । आउछु पनि भनेको छैन । जान्छु भनेको छैन । मैले केही पनि भनेको छैन । र, मेरो अहिले सम्पूर्ण ध्यान यो अन्तरिम सरकारको सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको ध्यान चुनाव गराउन रहेको छ । र, आजको दिन यो मितिसम्म म कुनै पनि पार्टीमा गएको पनि छैन । चुनाव उठछु वा उठदिन केही पनि भनेको छैन । तर समाचार अलिकति फरक ढंगले आईरहेको छ । त्यसप्रति मेरो आपत्ति केही पनि छैन । तर सही समाचार चाहीँ आज म तपाईहरुमार्फत भन्छु–मैले चुनाव उठने अथवा नउठने निर्णय गरेको छैन ।’

मन्त्री खरेलले मुलुक निर्वाचनमा होमिएकाले संवेदनशील भएर सही समाचारमात्रै संप्रेषण गर्न पनि सञ्चार माध्यामहरुलाई आग्रह गर्नुभयो ।


प्रकाशित मिति: २३ पुष २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?