Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

बिलविजकमा उल्लेख भए भन्दा बढि सामान भएको गाडी नियन्त्रणमा


३ ,श्रावण ,सुनसरी ।  सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ स्थित शिबधारा इलाकाबाट साउन २ गते सशस्त्र प्रहरीले करीव १२ लाख २२ हजार ३ सय तेह्र रुपैयाँ बराबरको मोटर पार्टस् सहित एउटा सुमो गाडी नियन्त्रणमा लिएको छ ।

धरानबाट धनकुटातर्फ जाँदै गरेको ना १ ज ६२९२ नम्बरको सुमो गाडीमा सुरक्षा बेश धरानबाट खटिएको टोलीले जाँच गर्दा भिसीटिएस बिल नभएको र बिलबिजकमा उल्लेखित मुल्य भन्दा बढि सामान भएको हँुदा नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको गाडी र सामान आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको छ । विशेष सूचनाको आधारमा भन्सार छलिको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ६ स्थित आदमघाट बजारबाट साउन ३ गते सशस्त्र प्रहरीले कस्मेटिक समान बोकेको तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा विपद् व्यवस्थापन सुरक्षा बेश आदमघाट र राजश्व अनुसन्धान कार्यालय सुरक्षा बेश हरिहर भवनबाट खटिएको संयुक्त टोलीले बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५८०४, ना ५ ख ५८०५, ना ६ ख ८५८८ नम्बरको ट्रकमा जाँच गर्दा भन्सार छलि ल्याउँदै गरेको कस्मेटिक सामानसहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ट्रक तथा सामान आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरीहर भवन ललितपुरमा बुझाईएको छ ।

 


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?