Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

बिलविजकमा उल्लेख भए भन्दा बढि सामान भएको गाडी नियन्त्रणमा


३ ,श्रावण ,सुनसरी ।  सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ स्थित शिबधारा इलाकाबाट साउन २ गते सशस्त्र प्रहरीले करीव १२ लाख २२ हजार ३ सय तेह्र रुपैयाँ बराबरको मोटर पार्टस् सहित एउटा सुमो गाडी नियन्त्रणमा लिएको छ ।

धरानबाट धनकुटातर्फ जाँदै गरेको ना १ ज ६२९२ नम्बरको सुमो गाडीमा सुरक्षा बेश धरानबाट खटिएको टोलीले जाँच गर्दा भिसीटिएस बिल नभएको र बिलबिजकमा उल्लेखित मुल्य भन्दा बढि सामान भएको हँुदा नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको गाडी र सामान आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको छ । विशेष सूचनाको आधारमा भन्सार छलिको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ६ स्थित आदमघाट बजारबाट साउन ३ गते सशस्त्र प्रहरीले कस्मेटिक समान बोकेको तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा विपद् व्यवस्थापन सुरक्षा बेश आदमघाट र राजश्व अनुसन्धान कार्यालय सुरक्षा बेश हरिहर भवनबाट खटिएको संयुक्त टोलीले बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५८०४, ना ५ ख ५८०५, ना ६ ख ८५८८ नम्बरको ट्रकमा जाँच गर्दा भन्सार छलि ल्याउँदै गरेको कस्मेटिक सामानसहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ट्रक तथा सामान आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरीहर भवन ललितपुरमा बुझाईएको छ ।

 


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?