१४ ,श्रावण ,त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालयमा आवश्यकतानुसार कर्मचारी अभाव हुँदा सहजरूपमा सेवा प्रदान गर्न समस्या हुने गरेको कार्यालय प्रमुख टेकबहादुर घर्तीमगरले जानकारी दिए । कार्यालयमा १८ जनाको दरबन्दीमा सात जनामात्रै कर्मचारी रहेको उनले बताए
१४ ,श्रावण ,लेखनाथ । पोखरा–१६ अर्मला निवासी वर्षा गुरुङले आफ्नो बारीमा गोलभेँडा र तरकारी खेती उत्पादन गरछिन्, तर उत्पादित तरकारी किन्नकै लागि भनेर अर्मलासम्म व्यापारी पुग्दैनन् । उत्पादित तरकारी बिक्री गर्न उहाँलाई १० किलोमिटर टाढा पोखरा–९ स्थित शान्तिवनको तरकारी तथा फलफूल बजारमा पुग्नुपथ्र्यो भने उत्पादित तरकारीले उचित मूल्यसमेत पाउन मुस्किल
१४ ,श्रावण ,लहान । लहान नगरपालिकाले सिरहा र सप्तरीको सिमाना रहेको बलान नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गर्न थालेको छ । नदीले पश्चिम किनार रहेका लहान–२३ को करैया तिलेबोना गाउँका किसानको सयौँ बिघा उर्वर जमिन कटान गरेर बस्तीतिर सोझिएपछि नगरपालिकाले चासो दिएको हो । अस्थायी तटबन्ध निर्माण गर्नका लागि
१४ ,श्रावण ,काठमाडौँ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।
१३ ,श्रावण ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रही आएका बिरामीको चाप केही हदसम्म घटेको बताएका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मस्तिष्क मृत्यु अङ्ग प्रत्यारोपणसम्बन्धी प्रस्तुती ‘पुनर्जन्म’ बृत्तचित्र सार्वजनिक कार्यक्रममा उनले बीरलगायतका सरकारी अस्पतालमा बिहान ८ बजेदेखि सुरु
१३ ,श्रावण ,काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ ध्यानार्कषण गराएकि छन् । आज विश्व बाघ दिवसको शुभकामना दिँदै उनले बाघको सङ्ख्यासँगै मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने घटना वृद्धि भएकोप्रति चिन्ता व्यक्त गरेकि हुन् । उनले दिवसका अवसरमा वन्यजन्तु र मानवबीचको
१३ ,श्रावण ,काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार र ढिलासुस्तीको विपक्ष र सुशासनको पक्षमा अझ दृढताका साथ प्रस्तुत हुने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनमा आज कांग्रेस उपसभापति समेत रहेका मन्त्री खड्काले भ्रष्टाचार नियन्त्रण र सुशासनको कामलाई सरकारले अभियानकै रुपमा अघि
१३ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी संलिने र तंग्रिने बेला भएकाे बताएका छन् । शनिबार नेपाली कांग्रेस काठमाडौं ९ काे (क) प्रदेशको सम्मेलनमा महामन्त्री शर्माले भने, "नेपाली कांग्रेस संग्लिने र तंग्रिने बेला पनि हाे । आज आफैंले आफैंसँग प्रतिस्पर्धा हुनु बेला हाे। अरुसँग पछि प्रतिस्पर्धा गराैला
१३ ,श्रावण ,महोत्तरी । साउन दोस्रो साता बित्नै लाग्दासम्म राम्ररी पानी नपरेर धान रोपाइँ गर्न नपाएका यहाँका किसान यसपालि खडेरी पर्ने चिन्ताले पिरोलिएका छन् । धान रोपाइँ गर्न नपाइएको र अन्य बोटबिरुवा पानीबेगर सुक्दै गएपछि किसान यसपालि ठूलो खडेरी पर्ने चिन्ताले पिरोलिएका हुन् । “साउन आधा बित्नै लाग्यो, धान रोप्न
१३ ,श्रावण ,मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्व नोना कोइरालाले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराएको बताएका छन् । नोना कोइराला स्मृति प्रतिष्ठानको आज विराटनगर महानगरपालिका–४ स्थित इक्राहीमा आयोजित साधारणसभामा उनले स्व कोइरालाले सामाजिक न्याय, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षाबाट