Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नोना कोइरालाले गरिब जनतालाई महत्वपूर्ण सहयोग गर्नुभएको छ : नेता डा कोइराला


१३ ,श्रावण ,मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्व नोना कोइरालाले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराएको बताएका छन् ।

नोना कोइराला स्मृति प्रतिष्ठानको आज विराटनगर महानगरपालिका–४ स्थित इक्राहीमा आयोजित साधारणसभामा उनले स्व कोइरालाले सामाजिक न्याय, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षाबाट कुनै पनि नागरिक वञ्चित नहुन भन्ने इच्छालाई प्रतिष्ठानले पूरा गरेको विचार व्यक्त गरे ।

संरक्षकसमेत रहेका डा कोइरालाले प्रतिष्ठान सेवामुलक संस्था भएकाले मुलुकलाई आवश्यक पर्ने स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए ।

महानगरपालिका प्रमुख नागेश कोइरालाले प्रजातन्त्र स्थापना र महिलाको हकहित स्थापनामा स्व कोइरालाको ठूलो योगदान रहेको चर्चा गरे ।

प्रतिष्ठानका अध्यक्ष डा नारायण कुमार, उपाध्यक्ष हसन अन्सारी, गोपालमान सिंह राजभण्डारी, पूर्वप्रदेशसभा सदस्य शान्ता पौडेल, निर्मला कोइराला, नीरञ्जन रिजालले स्व कोइरालाले देखाएको बाटो अनुसरण गरेमा गरिब एवं सीमान्तकृत नागरिक शिक्षा एवं स्वास्थ्य सेवा वञ्चिन नहुने विचार राखे ।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?