Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

कांग्रेस अहिले संलिने र तंग्रिने बेला हाे : महामन्त्री शर्मा


१३ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी संलिने र तंग्रिने बेला भएकाे बताएका छन् । शनिबार नेपाली कांग्रेस काठमाडौं ९ काे (क) प्रदेशको सम्मेलनमा महामन्त्री शर्माले भने, “नेपाली कांग्रेस संग्लिने र तंग्रिने बेला पनि हाे ।

आज आफैंले आफैंसँग प्रतिस्पर्धा हुनु बेला हाे। अरुसँग पछि प्रतिस्पर्धा गराैला ।” सम्मेलनपछि क र ख काे प्रदेश सभापतिहरुलाई महामन्त्री शर्माले पार्टीकाे सदस्यता र विभाग गठन विस्तारमा प्रतिस्पर्धा गर्न निर्देशन दिए ।

कांग्रेस मिसन ८४ भन्द‌ै अहिले नै घाेषणा गर्ने हताराेमा नरहेकाे उनकाे भनाइ थियाे । ८४ मा चुनावमा मात्र हुने भएकाले अहिले कांग्रेसकाे मिसन काम भएकाे महामन्त्री शर्माले बताए । “बाह्रै मास चुनावीकाे चिन्ता गरेर देश बन्दैन । राजनीतिक दलले एउटा पुस्ताकाे चिन्ता गर्छ । चुनावकाे चिन्ता गर्दैन । हामी आजकाे काम गराैँ । कांग्रेसले गरेका कामकाे प्रचार गराैँ,” उनले भने।

महामन्त्री अगाडि भने, “हाम्राे काम कांग्रेस बनाउने मात्र हाेइन । समाज बनाउने कुरा हाे ।” देशमा सबै ठीक ठाक नभएपनि केही बनेकाे छैन भन्ने कुरा पनि सत्य नभएकाे महामन्त्री शर्माले बताए ।

यस्तै महामन्त्री शर्माले कांग्रेसमा आन्तरिक प्रतिस्पर्धा गर्न युवा पुस्ता अगाडि बढेकाे बताए । तर,कांग्रेसका प्रतिस्पर्धा पार्टीका युवा नेताहरू कुनामा बसेर दुनाेमा खाने अवस्था रहेकाे उनकाे भनाइ छ। प्रदेश सभापति माेहनकुमार बस्नेतले कांग्रेसलाई व्यवस्थित बनाउन नसकिएकाे बताए ।

विधानसम्म पार्टीका भ्रातृ संस्था चल्न नसक्दा युवा आकर्षण हुन नसकेकाे बताए । श्रमिकलाई सम्मान गरेर कांग्रेस अगाडि जानुपर्ने बताए । “कांग्रेसले भाेटर बढाउन सक्ने भनेकाे नेविसंघ र श्रमिक वर्गबाट हाे । यसमा पार्टीले ध्यान दिनुपर्छ ,” उनले भने ।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?