Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सरकार भ्रष्टाचार विपक्ष र सुशासनको पक्षमा दृढ भइ काम गर्छ : उपप्रधानमन्त्री खड्का


१३ ,श्रावण ,काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार र ढिलासुस्तीको विपक्ष र सुशासनको पक्षमा अझ दृढताका साथ प्रस्तुत हुने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनमा आज कांग्रेस उपसभापति समेत रहेका मन्त्री खड्काले भ्रष्टाचार नियन्त्रण र सुशासनको कामलाई सरकारले अभियानकै रुपमा अघि बढाउने स्पष्ट पारे । उपप्रधानमन्त्री खड्काले भने, “सरकारले केही कामको सुरुआत गरेको छ, खासगरी भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा दृढताका साथ अघि बढ्दै सरकारले जनताले अनुभव गर्ने गरी काम गर्नेछ ।”

विकाश निर्माणका ढिलासुस्तीदेखि पुँजीगत खर्च न्यून हुने अवस्था अन्त्यका लागि सरकारले कठोर कदम चाल्ने समेत तयारीमा रहेको उनले बताए । जनताले दैनिक सेवा लिने ठाउँलाई व्यवस्थित सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउनु सरकारको उच्च प्राथमिकता रहेको उहाँले उल्लेख गरे ।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले गलत काम भए खुलारुपमा आलोचना गर्न र सुधारका लागि सुझाव दिन समेत आग्रह गरे । उनले यतिबेला नेपाली राजनीतिको मियो नेपाली कांग्रेस रहेको भन्दै संविधान र लोकतन्त्रका पक्षधर सबै शक्तिलाई साथमा लिएर जाने दायित्व कांग्रेसको भएको बताए । उनले सबै नेता तथा कार्यकर्तालाई सोहीअनुरुप काम गर्नुपर्ने निर्देशन समेत दिए ।

कांग्रेस रुपान्तरणका भनेर हल्लाभन्दा पनि काम गर्नुपर्ने उल्लेख गरे । “देश र जनताप्रति इमानदार भएर काम गरौँ, पारदर्शी बनौँ । बोली र गराइमा एकरुपता ल्याऔँ”, उनले भने, “जनताको घर दैलोमा पुगौँ, जनतालाई मालिक मानेर काम गरौँ ।”

पार्टीका नेता तथा कार्यकर्तालाई सधैँ साथमा लिएर हिँड्न र हरेक काममा खटिनेहरुलाई सम्मान गरेर पार्टी रुपान्तरण गर्न सकिने उनले बताए । वडादेखि केन्द्रीय तहसम्म राज्य र पार्टी सत्ता बसेका सबै नेता कार्यकर्ताले पारदर्शी ढंगले काम गर्ने हो भने २०८४ को निर्वाचनमा नेपाली कांग्रेस फेरि एकपटक सबैभन्दा ठूलो पार्टी हुने उनको भनाइ छ ।

नयाँ तथा पुराना कुनै पनि राजनीति दललाई गाली नगर्न कांग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले भने, “राम्रो काम गरौँ, पारदर्शी बनौँ, पार्टीलाई एकतावद्ध गरी जनताको घर दैलोसम्म पुगौँ । देश र जनताको सेवालाई सर्वोपरि मानेर काम गरौँ ।”


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?