Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

बलान नदी नियन्त्रण गर्न अस्थायी तटबन्ध निर्माण


१४ ,श्रावण ,लहान । लहान नगरपालिकाले सिरहा र सप्तरीको सिमाना रहेको बलान नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गर्न थालेको छ । नदीले पश्चिम किनार रहेका लहान–२३ को करैया तिलेबोना गाउँका किसानको सयौँ बिघा उर्वर जमिन कटान गरेर बस्तीतिर सोझिएपछि नगरपालिकाले चासो दिएको हो ।

अस्थायी तटबन्ध निर्माण गर्नका लागि फलामका पाइप, बाँसको टाँटी र सिमेन्टको बोरामा बालुवा राखेर तटबन्ध निर्माण गर्न सुरु भएको हो । यस कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पनि सहभागिता र सहयोग छ ।

शनिबार लहान नगरपालिकाका प्रमुख महेश चौधरीको अगुवाइमा जिल्लास्थित प्रतिनिधिसभा सांसद रामशङ्कर यादव, प्रदेशसभा सदस्य ललिता दास, जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

तटबन्ध बनाउन आर्थिक वर्ष २०८०÷०८१ मा लहान नगरपालिकाबाट रु ५० लाख रकम विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए । “यहाँ धेरै ठूलो रकम लाग्छ । प्रदेश र सङ्घ सरकारसँग पनि समन्वय गरिरहेका छौँ”, उनले भने, “यसपालि केही महिनाभित्रै ठोसरूपमा ठूला योजना ल्याएर तटबन्ध निर्माण गर्छौँ । अहिले तत्कालका लागि अस्थायी प्रकृतिको तटबन्ध निर्माण गरिनेछ ।”

यसमा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले पनि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । लहान नगरपालिका–२३, सखुवानन्करकटी गाउँपालिकाको ४ र ५ नं वडा र भगवानपुर गाउँपालिकाको १ र ४ नं वडाको गरी सयौँ बिघा उर्वर जमिन वर्षौँदेखि कटान भइरहेको लहान–२३ का अजय यादवले बताउनुभयो । वर्षाको समयमा प्रत्येक वर्ष बलान नदी किनारका स्थानीयवासीको बिचल्ली हुने गरेको छ ।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?