Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

सरकारी अस्पतालमा बिहान ८ बजेदेखिको सेवा प्रभावकारी : मन्त्री बस्नेत


१३ ,श्रावण ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रही आएका बिरामीको चाप केही हदसम्म घटेको बताएका छन् ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मस्तिष्क मृत्यु अङ्ग प्रत्यारोपणसम्बन्धी प्रस्तुती ‘पुनर्जन्म’ बृत्तचित्र सार्वजनिक कार्यक्रममा उनले बीरलगायतका सरकारी अस्पतालमा बिहान ८ बजेदेखि सुरु भएको बहिरङ्ग सेवा निकै प्रभावकारी सावित भएको उल्लेख गरे । मन्त्री बस्नेतले भने, “सीमित स्रोत साधनका बाबजुद संविधानले आमनागरिकका लागि सुनिश्चित गरेको निःशुल्क उपचार सेवा दिलाउन सरकार प्रतिबद्ध छ, कुनै पनि गरिब एवं विपन्न नागरिकले पैसाको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने पाटोमा हामी सजग छौँ ।”

सरकारको पछिल्ला कदमले स्वास्थ्यमा अनुशासन र सुधारका कार्यक्रम प्रभावकारी देखिएको बताउँदै उनले अनुशासन र क्रियाशील जीवनले मानिसलाई निरोगी हुन मद्दत पुर्याउने धारणा राखे । स्वास्थ्य मन्त्री बस्नेतले भने, “उपचारका नाममा ठूलो रकम विदेश नजाओस् भन्ने हेतुले विशिष्ट व्यक्तिको उपचारका लागि वीर अस्पतालमा उपचार कक्ष र शैय्या बढाउन निर्देशन भइसकेको छ, मानव अङ्ग प्रत्यारोपण केन्द्रको विकास र विस्तारलाई पनि प्राथमिकता दिइनेछ ।”

मन्त्रालयका सचिव देवकुमारी गुरागाईले भक्तपुर अङ्ग प्रत्यारोपण केन्द्रका लागि सरकारले जग्गा प्राप्ति, पूर्वाधार निर्माण र आवश्यक बजेट व्यवस्थापनका लागि विभिन्न प्रयास तथा प्रयन्न गरिरहेको बताईन् । भक्तपुरबाट प्रतिनिधित्व गर्ने सांसद दुर्लभ थापाले उपचारका लागि छटपटाइ रहेका मिर्गाैला रोग पीडितलाई डायलाइसिस र मिर्गाैला प्रत्यारोपण गर्न बजेट व्यस्थापन, औषधिलगायतमा आफूले सहयोग गरिरहेको बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण श्रेष्ठले मस्तिष्क मृत्यु भएपछि अङ्गदानका लागि प्रेरित गर्न जनचेता अभियानअघि बढाउने र सकारात्मक सन्देश थालनी फैलाउने कार्यमा आफै अग्रसर हुन आवश्यक रहेको बताए । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले अङ्गदानबारे परम्परागत मान्यतालाई रुपान्तरण गर्दै त्यसमा सकारात्मक नतिजा प्राप्त गर्न जनचेतनालाई अभियानकै रुपमा लैजानुपर्ने धारणा राखे ।

अर्का हास्य कलाकार हरिवंश आचार्यले मस्तिष्क मृत्यु भई शरीरका खेर जाने अरु अङ्ग र काम नलाग्ने अङ्ग दान गर्न सके धेरैको अकालमा मृत्यु हुनबाट जोगाउन सकिने भएकाले त्यस विषयमा समाजलाई जागरुक तुल्याउन आवश्यक रहेको बताए ।

वृत्तचित्रका निर्माण निर्देशक सरना श्रेष्ठले सबैभन्दा ठूलो दान अङ्गदान हुँदा जनचेतना अभिवृद्धि गर्ने र ज्ञान बाड्ने कर्ममा सरिक हुन सबै पहल तथा प्रयत्न आवश्यक रहेको बताईन् । मिर्गाैला रोग समस्या भई डायलाइसिस र उपचारमा झेल्नुपरेको कठिनाइ, पीडा र खेप्नु परेको आर्थिक समस्यालगायतका विषय तथा मिर्गाैला प्रत्यारोपणको सकारात्मक नतिजा एवं त्यसपछिको सुखद् जीवनसम्बन्धी विषयवस्तु बृत्तचित्रमा समेटिएका छन् ।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?