१२ ,भाद्र ,चैनपुर (बझाङ) । गत साता चैनपुरमा आमा छोरालाई चक्कु प्रहार गर्ने आरोपी पक्राउ परेका छन् । कैलालीको कैलारी गाउँपालिका–१ का २२ वर्षीय स्याने चौधरी पक्राउ परेका हुन् । सोमबार सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय बझाङले आरोपीलाई सार्वजनिक गरेको हो । चौधरी गएको सोमबार मादक पदार्थ
१२ ,भाद्र ,गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा पोखरा तथा गण्डकी प्रदेशका उठ्नुपर्ने विषयका सम्बन्धमा हिजो पोखरामा छलफल गरिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घमा आयोजित छलफलमा वक्ताले प्रधानमन्त्रीको भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सीधा अन्तर्राष्ट्रिय उडान, कोरोला नाका सञ्चालनलगायतमा छलफल हुनुपर्नेमा जोड
१२ ,भाद्र ,ढोरपाटन (बागलुङ) । बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत
१२ ,भाद्र ,काठमाडौँ । तारकेश्वर नगरपालिकाको विकास योजना आयोगको उपाध्यक्ष पदमा डा कृष्णबहादुर घिमिरे नियुक्त भएका छन् । तारकेश्वरले विकास योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०८० अनुसार सोमबार उहाँ आगामी तीन वर्षका लागि सो पदमा नियुक्त भएका हुन् । तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जनले डा घिमिरेलाई आयोगको उपाध्यक्षमा
१२ ,भाद्र ,दमौली । पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिइएको छ । यसका लागि तनहुँ जिल्ला क्रिकेट सङ्घले नेतृत्व लिएको छ । व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्न गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सन्जयकान्त सिग्देलको नेतृत्वमा उक्त ठाउँको स्थलगत
१२ ,भाद्र ,गण्डकी । समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्ने जनाइएको छ । माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश
१२ ,भाद्र ,धनगढी । पत्थरीको समस्याले उपचाररत बिरामीको मृत्युपछि विवादमा तानिएको स्वस्तिक कार्डियो एण्ड अस्पतालले हालसम्म सञ्चालनको अनुमति नलिएको पाइएको हो । २५ शय्याको अस्पताल सञ्चालनको लागि प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालयबाट सञ्चालन अनुमति लिनुपर्ने प्रावधान भए पनि अस्पतालले निर्देशनालयबाट हालसम्म अनुमति नलिएको पाइएको हो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीका
११ ,भाद्र ,काठमाडौँ । कांग्रेस सहमहामन्त्री जीवन परियारले संसदीय सुनुवाइ समितिको सभापति लिन अस्वीकार गरेका छन् । संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिको सभापतिमा सहमहामन्त्री परियारको नाम सार्वजनिक गरिएको थियो । उनले आफू सभापति नबन्ने बताएका छन् । ‘म कुनैपनि समितिको सभापति नभएको जानकारी गराउँदछु,उनले फेसबुकमा भनेका छन् ।
११ ,भाद्र ,काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि स्वचालित तारेख व्यवस्थापन सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित पेशी तारिख न्यायिक सुशासनको सुरुआत भएको बताएका छन् । सर्वोच्च अदालतमा आजदेखि स्वचालित पेशी तारिख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै उनले उक्त प्रविधिबाट पेशी तारिख तोक्दा न्याय व्यवस्थापनमा सहज र न्यायिक सुशासन कायम
११ ,भाद्र ,काठमाडौँ । स्थानीय न्यायिक निरुपणसँग सम्बन्धित ऐनमा सहरी विवादका नयाँ प्रकृतिहरु समेटिन सकेका छैनन् । यसकारण न्यायिक समितिले कार्य सम्पादन गर्दा प्रचलित कानुन र व्यवहार दुवै पक्षलाई समान महत्व दिएर विवाद समाधानको प्रयास गर्ने गरेको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले न्यायिक समितिको क्षेत्राधिकार