Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

बिरामीको पत्थरीको अप्रेसनमा किड्नी झिक्ने स्वस्तिक अस्पताल अवैध !


१२ ,भाद्र ,धनगढी । पत्थरीको समस्याले उपचाररत बिरामीको मृत्युपछि विवादमा तानिएको स्वस्तिक कार्डियो एण्ड अस्पतालले हालसम्म सञ्चालनको अनुमति नलिएको पाइएको हो ।

२५ शय्याको अस्पताल सञ्चालनको लागि प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालयबाट सञ्चालन अनुमति लिनुपर्ने प्रावधान भए पनि अस्पतालले निर्देशनालयबाट हालसम्म अनुमति नलिएको पाइएको हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डाक्टर जगदीश जोशीका अनुसार सो अस्पतालले २५ शय्याको लागि प्रक्रिया अगाडि बढाएको छ । निर्देशक जोशीले भने, ‘अस्पताल दर्ता प्रक्रियाका लागि फाइल आएको छ । तर केही कागजात अपुग देखिएपछि सञ्चालन अनुमति दिएका छैनौँ ।’

पत्थरीको अपरेशन गर्दा मिर्गाैला निकालिएपछि कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । उनी शनिबार दिउँसो सो अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ किड्नीको पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिक्दा अत्याधिक रक्तश्राव भइ बिरामीको मृत्यु भएपछि मृतकका आफन्त भने आन्दोलित भएका छन् ।

डाक्टरको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै आफन्त डाक्टरलाई कारबाहीको मागसहित उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलित भएका हुन् ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?