Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

बिरामीको पत्थरीको अप्रेसनमा किड्नी झिक्ने स्वस्तिक अस्पताल अवैध !


१२ ,भाद्र ,धनगढी । पत्थरीको समस्याले उपचाररत बिरामीको मृत्युपछि विवादमा तानिएको स्वस्तिक कार्डियो एण्ड अस्पतालले हालसम्म सञ्चालनको अनुमति नलिएको पाइएको हो ।

२५ शय्याको अस्पताल सञ्चालनको लागि प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालयबाट सञ्चालन अनुमति लिनुपर्ने प्रावधान भए पनि अस्पतालले निर्देशनालयबाट हालसम्म अनुमति नलिएको पाइएको हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डाक्टर जगदीश जोशीका अनुसार सो अस्पतालले २५ शय्याको लागि प्रक्रिया अगाडि बढाएको छ । निर्देशक जोशीले भने, ‘अस्पताल दर्ता प्रक्रियाका लागि फाइल आएको छ । तर केही कागजात अपुग देखिएपछि सञ्चालन अनुमति दिएका छैनौँ ।’

पत्थरीको अपरेशन गर्दा मिर्गाैला निकालिएपछि कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । उनी शनिबार दिउँसो सो अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ किड्नीको पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिक्दा अत्याधिक रक्तश्राव भइ बिरामीको मृत्यु भएपछि मृतकका आफन्त भने आन्दोलित भएका छन् ।

डाक्टरको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै आफन्त डाक्टरलाई कारबाहीको मागसहित उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलित भएका हुन् ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?