Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

तारकेश्वरको विकास योजना आयोगको उपाध्यक्षमा डा घिमिरे


१२ ,भाद्र ,काठमाडौँ । तारकेश्वर नगरपालिकाको विकास योजना आयोगको उपाध्यक्ष पदमा डा कृष्णबहादुर घिमिरे नियुक्त भएका छन् ।

तारकेश्वरले विकास योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०८० अनुसार सोमबार उहाँ आगामी तीन वर्षका लागि सो पदमा नियुक्त भएका हुन् ।

तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जनले डा घिमिरेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

यसअघि निजामती क्षेत्रमा कार्यरत डा घिमिरेले गत साउन १० गते उमेरहदका कारण अनिवार्य अवकाश लिएका थिए ।

नेपालको संविधानको धारा २२६ (१) तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) ले प्रदान गरको अधिकार प्रयोग गरी तारकेश्वरको १३औँ नगरसभाले सो ऐन पारित गरेको थियो ।

नव नियुक्त उपाध्यक्ष डा घिमिरेले तारकेश्वरको समृद्धि र विकासका लागि आफूले जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

नगरपालिकाको विकास योजना आयोगले नगरपालिकाको समग्र समृद्धिका लागि दूरगामी सोचसहितको दीर्घकालीन लक्ष्य, मार्गचित्र, नीति तथा योजना तर्जुमा गरी कार्यान्वयनका लागि सिफारिस गर्नेछ ।

यस्तै नगरपालिकाको विकास सम्भावना र अवसरलाई बृहत्तर अध्ययन, अनुसन्धान गरी सहभागितामूलक विधिबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको तर्जुमा गर्नेछ ।

यसैगरी नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक योजना तथा परियोजनाको तर्जुमा, कार्यान्वयनमा सहजीकरण, सुपरीवेक्षण, अनुगमन तथा मूल्याङ्कन गर्नेलगायतका विभिन्न २७ काम, कर्तव्य र अधिकार तोकिएको छ ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?