Trending
>>   ‘पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको छ’ >>   पूर्वराजाको सन्देश ‘राजा फर्काउने’ आन्दोलनको प्रस्थानबिन्दु हुनसक्छः राजेन्द्र लिङदेन >>   बाबुकाे पुरानो कार उपहारः मुल्यांकन र कदरकाे अर्थ ! >>   न देशमा चैन, न बिदेशमा बेचैनीबाट छुट्कारा ! नेपाली जाने कहाँ प्रधानमन्त्रीज्यू? >>   एफएटीएफ बैठकः नेपाल ग्रे–लिस्टमा परे ठूलो मात्रमा वैदेशिक सहयोग कटौति हुनसक्छ ! >>   मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो >>   चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छः प्रमुख साह >>   यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेखन शुरु >>   वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छः प्रधानन्यायाधीश राउत >>   सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपिभी खोप
Logo
७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

समाचार


रवि लामिछानेको थुनछेक सुनुवाई न्यायाधीश दयाराम ढकालको इजलासमा

चितवन। सहारा चितवन सहकारीको रकम अपचलनमा प्रतिवादी रहेका रवि लामिछानेको थुनछेक सुनुवाई जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ।मंगलबार उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। अदालतमा उनको बयान सुरु भएको छ । बयानपछि दुवै पक्षको बहस र थुनछेक आदेश हुनेछ। सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १५ जना

संघीयता अनुभूत हुनेगरी काम गर्दै गण्डकी प्रदेश सभा

गण्डकी । गण्डकी प्रदेश मंगलबारदेखि स्थापनाको आठौँ वर्षमा प्रवेश गरेको छ । प्रदेश सभा स्थापना भएको दिनलाई नै यस वर्षदेखि प्रदेश स्थापना दिवसका रूपमा मनाउन सुरु गरिएको छ । बि.स. २०७४ माघ २२ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो । त्यसयता प्रदेश सभाको पहिलो कार्यकाल पूरा भई दोस्रो कार्यकालको

अध्यादेशबारे छलफल गर्न सभामुखले बोलाए प्रमुख सचेतकको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक आज दिउँसो तीन बजे सिंहदरबारमा बोलाएका छन् । बिहीबार संसद बैठक बस्ने भएकोले त्यसअघि दलका प्रमुख सचेतकहरुसँग सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

२२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा २ हजार २०० रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चितवन जिल्ला अदालतमा उपस्थित भए रवि

चितवन । रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् । उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी आज बयान दिन अदालत पुगेका हुन् । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १५ जना व्यक्ति

उपेन्द्रलाई सरकारमा भित्र्याउने तयारी !

काठमाडाैं ।प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा ल्याउन गृहकार्य गरेका छन् । सरकारले ल्याएका अध्यादेश पारित गर्ने समय नजिकिएसँगै प्रधानमन्त्री ओलीको ध्यान उपेन्द्रतिर परेको छ । यादव नेतृत्वको दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएको छ । तर, सरकारमा सहकार्य छैन् । विपक्षी दलहरुको बैठकमा

रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ता, ५६ करोड बिगो माग !

चितवन । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध मुद्दा दायर भएको छ । मंगलबार चितवन जिल्ला अदालतमा चितवन साहारा सहकारी ठगीमा उनीहरु विरुद्ध मुद्दा दायर भएको हो । यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । रवि

प्रचण्डको प्रश्न : ओलीजस्तो जाली-फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ?

काठमाडाैं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पछिल्लो समय १८ महिना सरकारको नेतृत्व गर्दा देशको लागि राम्रो रेकर्ड बनाएको स्पष्ट पारेका छन् । आज (मंगलबार) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति म्याग्दीद्वारा बेनीमा आयोजित खबरदारी सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका

काठमाडौं आइपुगे बेलायतका राजकुमार

काठमाडाैं । बेलायतका राजकुमार एडवार्ड श्रीमतीसहित नेपाल भ्रमणमा आइपुगेका छन्। एडवार्ड श्रीमती सोफियासहित नेपाल आएका हुन् । सोफिया बिहान ११ बजे काठमाडौं ओर्लिँदा एडवार्ड भर्खरै काठमाडौं आइपुगेका छन् । उनलाई अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव अमृत राईलगायतले स्वागत गरेका थिए । उनले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

ओलीको प्रशंसा गर्दै देउवाले भने-‘हामी सँगै जेल बसेका हौँ, अविश्वास गर्नुपर्ने कुरा छैन !’

काठमाडाै । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्।कास्कीको पोखरामा आजदेखि सुरु भएको जिल्ला पार्टी सभापति र जिल्ला प्रशिक्षण प्रमुखहरूको लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै देउवाले ओलीको प्रशंसा गरेका हुन्। ‘वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा

सम्वन्धित समाचारहरु