Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

काठमाडौं महानगरपालिकाले लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार उपलब्ध गराउने


काठमाडौं । काठमाडौं महानगरपालिकाले लक्षित वर्गका जलनका पीडितलाई प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म निःशुल्क उपचार उपलब्ध गराउने भएको छ । यसका लागि महानगरपालिकाले शुक्रवार जनस्वास्थ्य सरोकार ट्रस्ट (पीएचइसिटी)अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पतालसँग सम्झौता गरेको छ । सम्झौताअनुसार विपन्न, हिंसा पीडित तथा बेवारिसे जलनका बिरामीले महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार पाउनेछन् । काठमाडौँ महानगरपालिका क्षेत्रमा बसोबास गर्ने स्थायी बासिन्दा, कानुनबमोजिम बसाइँसराइ गरी आएका व्यक्ति, महानगरका जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यसमेत यो सेवाका लाभग्राही सम्झौतामा उल्लेख छ । जलनका बिरामीको निःशुल्क उपचारका लागि काठमाडौं महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको र त्यसमध्ये १ करोड रुपैयाँको ‘जलन उपचार कोष’का लागि छुट्याइएको छ भने बाँकी १ करोड रुपैयाँ अघिल्लो आर्थिक वर्षमा खरिद गरिएका स्वास्थ्य उपकरण तथा सामग्रीको भुक्तानीका प्रदान गरिएको हो । सम्झौताअनुसार बिरामीले क्याबिन, ईएचएस वा कस्मेटिक उपचार रोजेमा कोषबाट खर्च व्यहोर्ने छैन । चालु आर्थिक वर्षमा कोषको रकम खर्च हुन नसके आगामी आर्थिक वर्षमा खर्च गर्नुपर्नेछ । सम्झौता कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलन पीडितलाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिन कोष स्थापना गरिएको बताएकी छिन् । उनले आगलागी नियन्त्रणमा खटिने अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्र्मी, जनप्रतिनिधि, कर्मचारी तथा महानगरवासीका लागि जलनबाट बच्ने उपायसम्बन्धी क्षमता विकास कार्यक्रम सञ्चालन गरिने समेत बताइन्। उनले जलन दुर्घटना न्यूनीकरण, प्राथमिक उपचार तथा सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम र तालिमसमेत गरिने बताएकी छिन् । उनले भनिन्, ‘कसैले जलन भोग्नु नपरोस् । भवितव्य प‍र्यो भने पैसा नभएर अस्पताल नलैजाने अवस्था नआओस् । बल्लबल्ल अस्पताल पु‍र्याएपछि विरामी छोडेर पैसाको खोज्न जानु नपरोस् । यसका लागि कोषको व्यवस्था गरेका हौँ। आगलागी नियन्त्रण गर्दा फ्रन्ट लाइनमा बसेर काम गर्ने अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी र महानगरबासीलाई जलनबाट बच्ने उपायको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नेछौँ । जलनमा पर्नेलाई २ लाख रुपैयाँ सम्मको निःशुल्क उपचार प्रदान गर्नेछौँ ।’ सम्झौतापत्रमा महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधानले हस्ताक्षर गरेका छन् ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले लक्षित वर्गका जलनका पीडितलाई प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म निःशुल्क उपचार उपलब्ध गराउने भएको छ ।

यसका लागि महानगरपालिकाले शुक्रवार जनस्वास्थ्य सरोकार ट्रस्ट (पीएचइसिटी)अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पतालसँग सम्झौता गरेको छ । सम्झौताअनुसार विपन्न, हिंसा पीडित तथा बेवारिसे जलनका बिरामीले महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार पाउनेछन् । काठमाडौँ महानगरपालिका क्षेत्रमा बसोबास गर्ने स्थायी बासिन्दा, कानुनबमोजिम बसाइँसराइ गरी आएका व्यक्ति, महानगरका जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यसमेत यो सेवाका लाभग्राही सम्झौतामा उल्लेख छ । जलनका बिरामीको निःशुल्क उपचारका लागि काठमाडौं महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको र त्यसमध्ये १ करोड रुपैयाँको ‘जलन उपचार कोष’का लागि छुट्याइएको छ भने बाँकी १ करोड रुपैयाँ अघिल्लो आर्थिक वर्षमा खरिद गरिएका स्वास्थ्य उपकरण तथा सामग्रीको भुक्तानीका प्रदान गरिएको हो । सम्झौताअनुसार बिरामीले क्याबिन, ईएचएस वा कस्मेटिक उपचार रोजेमा कोषबाट खर्च व्यहोर्ने छैन । चालु आर्थिक वर्षमा कोषको रकम खर्च हुन नसके आगामी आर्थिक वर्षमा खर्च गर्नुपर्नेछ । सम्झौता कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलन पीडितलाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिन कोष स्थापना गरिएको बताएकी छिन् । उनले आगलागी नियन्त्रणमा खटिने अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्र्मी, जनप्रतिनिधि, कर्मचारी तथा महानगरवासीका लागि जलनबाट बच्ने उपायसम्बन्धी क्षमता विकास कार्यक्रम सञ्चालन गरिने समेत बताइन्। उनले जलन दुर्घटना न्यूनीकरण, प्राथमिक उपचार तथा सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम र तालिमसमेत गरिने बताएकी छिन् ।

उनले भनिन्, ‘कसैले जलन भोग्नु नपरोस् । भवितव्य प‍र्यो भने पैसा नभएर अस्पताल नलैजाने अवस्था नआओस् । बल्लबल्ल अस्पताल पु‍र्याएपछि विरामी छोडेर पैसाको खोज्न जानु नपरोस् । यसका लागि कोषको व्यवस्था गरेका हौँ। आगलागी नियन्त्रण गर्दा फ्रन्ट लाइनमा बसेर काम गर्ने अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी र महानगरबासीलाई जलनबाट बच्ने उपायको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नेछौँ । जलनमा पर्नेलाई २ लाख रुपैयाँ सम्मको निःशुल्क उपचार प्रदान गर्नेछौँ ।’

सम्झौतापत्रमा महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधानले हस्ताक्षर गरेका छन् ।


प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?