Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान


काठमाडौं ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्न नहुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपद्का कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने बताएका छन् । उनले हजारौं वा पाँच हजार वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न नहुने बताएका छन् । यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गए आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उनको भनाइ छ । यद्यपि जलविद्युत आयोजना निर्माण गर्दा सुरक्षा पक्षलाई बेवास्ता गर्न नहुनेमा उनले जोड दिएका छन् । सामान्य क्लाउडआउटबस्र्ट, ठूलो बाढी तथा फ्ल्यास फ्लडजस्ता सम्भावित प्राकृतिक विपद्बाट आयोजना सुरक्षित रहने गरी आवश्यक सुरक्षा मापदण्ड र पर्याप्त ‘सेफ्टी मार्जिन’ राखेर आयोजना निर्माण गर्नुपर्ने उनले बताएका छन् । अध्यक्ष घिसिङले भने, ‘यो प्रलयका कारण नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैन । यस्तो असाधारण प्राकृतिक विपत्तिलाई आधार बनाएर नेपालमा लगानीको वातावरण नै जोखिमपूर्ण छ भन्ने धारणा बनाउनु उचित हुँदैन । हजारौँ वर्षमा एकपटक आउने असाधारण घटनालाई आधार बनाएर आयोजनाको डिजाइन मापदण्ड निर्धारण गरियो भने हाम्रा परियोजनाहरू आर्थिक रूपमा अव्यवहारिक हुन सक्छन् । तर सम्भावित बाढी, फ्ल्यास फ्लड र क्लाउडबस्र्टजस्ता जोखिमलाई ध्यानमा राख्दै पर्याप्त सुरक्षा मापदण्ड र उचित सुरक्षा मार्जिन भने अनिवार्य रूपमा राख्नुपर्छ ।’ असाधारण प्राकृतिक घटनालाई लिएर लगानी निरुत्साहित गर्नेभन्दा सम्भावित जोखिमको वैज्ञानिक मूल्यांकन गर्दै सुरक्षित र व्यवहारिक ढङ्गले जलविद्युत आयोजना विकास गर्नुपर्ने घिसिङको भनाइ छ ।

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्न नहुने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपद्का कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने बताएका छन् । उनले हजारौं वा पाँच हजार वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न नहुने बताएका छन् । यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गए आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उनको भनाइ छ । यद्यपि जलविद्युत आयोजना निर्माण गर्दा सुरक्षा पक्षलाई बेवास्ता गर्न नहुनेमा उनले जोड दिएका छन् । सामान्य क्लाउडआउटबस्र्ट, ठूलो बाढी तथा फ्ल्यास फ्लडजस्ता सम्भावित प्राकृतिक विपद्बाट आयोजना सुरक्षित रहने गरी आवश्यक सुरक्षा मापदण्ड र पर्याप्त ‘सेफ्टी मार्जिन’ राखेर आयोजना निर्माण गर्नुपर्ने उनले बताएका छन् ।

अध्यक्ष घिसिङले भने, ‘यो प्रलयका कारण नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैन । यस्तो असाधारण प्राकृतिक विपत्तिलाई आधार बनाएर नेपालमा लगानीको वातावरण नै जोखिमपूर्ण छ भन्ने धारणा बनाउनु उचित हुँदैन । हजारौँ वर्षमा एकपटक आउने असाधारण घटनालाई आधार बनाएर आयोजनाको डिजाइन मापदण्ड निर्धारण गरियो भने हाम्रा परियोजनाहरू आर्थिक रूपमा अव्यवहारिक हुन सक्छन् । तर सम्भावित बाढी, फ्ल्यास फ्लड र क्लाउडबस्र्टजस्ता जोखिमलाई ध्यानमा राख्दै पर्याप्त सुरक्षा मापदण्ड र उचित सुरक्षा मार्जिन भने अनिवार्य रूपमा राख्नुपर्छ ।’

असाधारण प्राकृतिक घटनालाई लिएर लगानी निरुत्साहित गर्नेभन्दा सम्भावित जोखिमको वैज्ञानिक मूल्यांकन गर्दै सुरक्षित र व्यवहारिक ढङ्गले जलविद्युत आयोजना विकास गर्नुपर्ने घिसिङको भनाइ छ ।


प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?