Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

समाचार


मेयर बालेनले प्रधानमन्त्री समक्ष राखे यस्ता तीन माग

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष तीन माग राखेका छन् । शुक्रबार महानगरको २९औँ महानगर दिवस कार्यक्रममा प्रमुख साहले सङ्घ, प्रदेश र स्थानीय तहसँग मिलेर यी तीन समस्याको समाधान गर्न माग गरेका हुन् । महानगर दिवसका अवसरमा बालेनले तीनकुनेको मुआब्जा, खोला अतिक्रमण र दीर्घकालीन रूपमा

आफ्नो सम्पत्ति बिक्री गर्न वा फुकुवा गरिदिन माग गर्दै स्मार्ट टेलिकमले पठायो पत्र

काठमाडौं। स्मार्ट टेलिकमले आफ्नो सम्पत्ति बिक्री गर्न वा फुकुवा गरिदिन माग गर्दै पत्र पठाएको छ । त्यसैगरी, बक्यौता तिर्न नसकेपछि खारेज भएको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै सम्पत्ति लिलाम बिक्री नगर्ने भए फुकुवा गर्न माग गरेको हो । उक्त स्मार्ट टेलिकमले कानुनबमोजिम

गुणस्तर वृद्धि गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउन सकिन्छ : मन्त्री गुरुङ

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च शिक्षाका लागि नेपाली युवा विदेशिने क्रम रोकेर नेपालमा विदेश विद्यार्थी आउन सक्ने गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउनुपर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षामा सबैले ध्यान केन्द्रित

फेरी बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर तोलामा एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुनको मूल्य एक लाख १८ हजार ५५० र एक हजार ४७० रुपैयाँ तोकिएको छ ।

कामपाका प्रगतिशील कामबाट सङ्घीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । २९औँ काठमाडौं महानगर दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरूप स्रोत तथा साधनको व्यवस्था र स्थानीय

रजबासमा निः शुल्क स्वास्थ्य शिविर

धुलिखेल। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ रजबासमा आयोजना गरिएको स्वास्थ्य शिविरमा पाँच सय ४६ जनाले सेवा लिएका छन् । ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शिविर दुई दिनसम्म चलेको थियो । उक्त शिविरमा जनरल मेडिकल, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नशारोग, नाक, कान,

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरूलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । उक्त साधारणसभाले सञ्चालक

धनुषामा ६ वर्षीया बालिकाको हत्या

महेन्द्रनगर,धनुषा। धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका-९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या भएको हो । उक्त बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवालेले जानकारी दिएका छन् । बालिकाले लगाएका

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

मुग्लिन। चितवनको इच्छाकामना मन्दिर नजिकै आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उक्त इच्छाकामना गाउँपालिका-२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना-३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उक्त दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।

रामेछापका किसानलाई जुनार बेच्न भ्याइनभ्याइ

रामेछाप। रामेछाप नगरपालिका-६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ । जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेका उनले बताएका छन् । तामाङले भने- ‘बजारको समस्या छैन ।’ व्यापारीले गत वर्ष नै खरिदका लागि रकम दिएका उनको भनाइ रहेको छ । जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै

सम्वन्धित समाचारहरु