Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

रजबासमा निः शुल्क स्वास्थ्य शिविर


धुलिखेल। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ रजबासमा आयोजना गरिएको स्वास्थ्य शिविरमा पाँच सय ४६ जनाले सेवा लिएका छन् । ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शिविर दुई दिनसम्म चलेको थियो ।

उक्त शिविरमा जनरल मेडिकल, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नशारोग, नाक, कान, घाँटीरोग, आँखा परीक्षण तथा उपचार, दन्तरोग, इसिजी सेवा, एक्सरे, भिडियो एक्सरे सेवा, शल्यक्रिया सर्जरी सेवा, ल्याब सेवाको सुविधा दिएको थियो । त्यस्तै आयोजकका अनुसार रजबास आसपासका नागरिकले प्रसूति तथा स्त्रीरोगका ५७, बालरोगका ४६, हाडजोर्नी तथा नशा रोगका एक सय ९५ जना, नाक, कान, घाँटी रोगका ५८ जना, आँखारोगका तीन सय ७४, दन्त रोगका ८१, इसिजी सेवामा ८८ जना, भिडियो एक्सरे सेवामा एक सय ९६ र शल्यक्र्रिया सर्जरी सेवामा ४४ जनाले सेवा लिएका थिए । यसमा अर्थोपेडिकका बिरामी नौजना, नाक, कान घाँटीका बिरामी सात, सर्जरीका २२ गरी ४१ जनाको थप उपचार आवश्यक रहेको आयोजकले जनाएका छन् ।

त्यस्तै, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशीका नागरिकको स्वास्थ्योपचारमा गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । रोशीका नागरिकको स्वास्थ्यमा ध्यान दिएर पाँच हजार आठ सय घरपरिवारमध्ये दुई हजार एक सय घरपरिवारको गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरेको र आगामी दिनमा त्यो सङ्ख्यालाई बढाउँदै लाने उनको भनाइ रहेको छ ।

ग्रामीण भेगका मानिसको स्वास्थ्योउपचारमा संलग्नता हुन पाएकामा खुसी लागेको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका डा. रोशन ओझाले बताए । त्यसैगरी, स्वास्थ्योपचारका लागि टाढा पुग्नुपर्नेमा गाउँमा नै डाक्टरसहितको टोली आएर स्वास्थ्य सेवा दिएकामा स्थानीय कुमार किङरिङ मगरले खुसी व्यक्त गरे ।

“यसबाट स्वास्थ्यलाभ त भयो नै, आर्थिक पनि बचेको छ”, उनले भने । ग्रेस नेपाका अध्यक्ष राजकुमार थापाले गाउँका कुनाकन्दरामा रहेका नागरिकको स्वास्थ्योपचारमा पहुच पुर्याउन गाउँको दूरदराजमा गएर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताएका छन् ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?