Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

धनुषामा ६ वर्षीया बालिकाको हत्या


महेन्द्रनगर,धनुषा। धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका-९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या भएको हो ।

उक्त बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवालेले जानकारी दिएका छन् । बालिकाले लगाएका लुगा पोखरी छेउमा फेला परेको उनले बताए ।

सो बालिकाको बलात्कार गरी हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ भने घटनामामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रवक्ता अवालेले बताएका छन् ।

 


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?