Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

मेयर बालेनले प्रधानमन्त्री समक्ष राखे यस्ता तीन माग


काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष तीन माग राखेका छन् । शुक्रबार महानगरको २९औँ महानगर दिवस कार्यक्रममा प्रमुख साहले सङ्घ, प्रदेश र स्थानीय तहसँग मिलेर यी तीन समस्याको समाधान गर्न माग गरेका हुन् ।

महानगर दिवसका अवसरमा बालेनले तीनकुनेको मुआब्जा, खोला अतिक्रमण र दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गरिदिन प्रधानमन्त्री ‘प्रचण्ड’समक्ष माग गरेका हुन् । उनले महानगरबाट काम पनि भइरहेको बताएका छन् ।

‘हामीले गरेका काम तपाईँहरूले थाहा पाइसक्नु भएको छ, तर अझै बाँकी काम छन्, महानगरले बाचा गरेको छ । तीमध्ये विशेष तीनकुनेको मुआब्जाको विषय छ । खोला अतिक्रमणको समस्या छ । फोहोर व्यवस्थापनको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने काम छ । प्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ । सङ्घ प्रदेश र स्थानीय सरकार मिलेर यो सबै मिलाउन सकोस् भनी कामना गर्छु,’उनले भने।

उक्त महानगर प्रमुख साहले अझै ३ वर्ष कार्यकाल बाँकी रहेको भन्दै उक्त कार्यकालमा बाँकी काम गर्ने दाबी गरेका छन् ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?