Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

मेयर बालेनले प्रधानमन्त्री समक्ष राखे यस्ता तीन माग


काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष तीन माग राखेका छन् । शुक्रबार महानगरको २९औँ महानगर दिवस कार्यक्रममा प्रमुख साहले सङ्घ, प्रदेश र स्थानीय तहसँग मिलेर यी तीन समस्याको समाधान गर्न माग गरेका हुन् ।

महानगर दिवसका अवसरमा बालेनले तीनकुनेको मुआब्जा, खोला अतिक्रमण र दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गरिदिन प्रधानमन्त्री ‘प्रचण्ड’समक्ष माग गरेका हुन् । उनले महानगरबाट काम पनि भइरहेको बताएका छन् ।

‘हामीले गरेका काम तपाईँहरूले थाहा पाइसक्नु भएको छ, तर अझै बाँकी काम छन्, महानगरले बाचा गरेको छ । तीमध्ये विशेष तीनकुनेको मुआब्जाको विषय छ । खोला अतिक्रमणको समस्या छ । फोहोर व्यवस्थापनको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने काम छ । प्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ । सङ्घ प्रदेश र स्थानीय सरकार मिलेर यो सबै मिलाउन सकोस् भनी कामना गर्छु,’उनले भने।

उक्त महानगर प्रमुख साहले अझै ३ वर्ष कार्यकाल बाँकी रहेको भन्दै उक्त कार्यकालमा बाँकी काम गर्ने दाबी गरेका छन् ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?