-बालेन शाह एउटा कानुन कार्यान्वयनले यो बर्ष १९००० भन्दा धेरै विद्यार्थीले Scholarship पाएको छ । गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३००० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको विवरण महानगरको इतिहासमै पहिलो पटक प्राप्त भएको थियो। यस शैक्षिक सत्र २०८१ मा हिजो सम्म
काठमाडाैं । सर्वोच्च अदालतले पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा आगामी असार १२ गते फैसला सुनाउने भएको छ । तत्कालीन माओवादीले सञ्चालन गरेको युद्धका क्रममा काभ्रेका अर्जुन लामाको हत्या सम्बन्धी दायर मुद्दामा सर्वोच्चले सुनुवाई सकेर फैसला सुनाउने भएको हो । लामाको हत्यामा संलग्न रहेको भन्दै श्रीमती पूर्णिमाया
जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीका सतिश कुमार सिंह बन्ने भएका छन् । जनमतले सिंहलाई मुख्यमन्त्रीमा सारेको हो । जनमत संसदी दलका नेता महेश प्रसाद यादव छन् । तर पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको सो पार्टीका एक सांसदले बताए ।
काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ परेका हुन् । उनी १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रमुख बसन्त रजाैरेले बताए ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने भएका छन् । मोदीको शपथ शनिबार हुँदैछ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुलाई अनिवार्यरुपमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले आज एक सूचना जारी गर्दै महानगरपालिका भित्र सञ्चालित सबै निजी विद्यालयले कक्षा १० सम्मका कक्षाहरुमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने जनाएको छ । महानगरका अनुसार बुधबारसम्म महानगर क्षेत्रका
काठमाडौँ । कैलाली टिकापुर नगरपालिका–१ विशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको हावाहुरीले ढालेको रुखले च्यापिएर मृत्यु भएको छ । सामान्य वर्षासँगैको हावाहुरीले बुधबार राति करिब ८ बजे घर नजिकैको रुख आगनमा ढल्दा रुखको हाँगाले लागेर च्यापिएकी बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ केराबारीमा दुई जनाको मृत अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार शव एकजना महिला र अर्को पुरुषको हो। घटना स्थल नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । अप्ठ्यारो खोंचमा भेटिएका शव प्रहरीको टोलीले निकाल्दैछ । बुधवार दिउँसो बाख्रा
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने
काठमाडौँ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको हो भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने खुल्न सकेको छैन। भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।