Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

नेपाली राजनीतिक दलप्रति चीनको नीति स्पष्ट छैनः महामन्त्री थापा


काठमाडौँ।  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चीनको सरकारले एकातिर सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने र अर्कोतिर वामपन्थीहरु मिल्नुपर्छ भन्दै हिँड्ने गरेको बताउनु भयो । उहाँले आफूले काँग्रेसको कार्यकर्ता भएर हेर्दा चीनको सो नीति बुभm्न नसकेको बताउनु भयो । उहाँले नेपाललाई चीनले बुझ्न नसकेको र नेपालले पनि चीनलाई बुझ्न नसकेको कुरा शर्माको पुस्तक पढेपछि स्पष्ट हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म नेपाली काँग्रेसको कार्यकर्ता, चीनको सरकारले आएर के भन्छ भने सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्छ । त्यही चीनको सरकारको मान्छे फेरि एकछिन पछि दुई वटा वामपन्थी पार्टी मिल्नुपर्छ । मैले यता हेरे सरकार देख्छु, उता हेरे पार्टी देख्छु, अलमलमा पर्ने भएँ । त्यसैले मैले चीनलाई कसरी बुझ्छु होला । चीनले मलाई बुझेको जस्तै । यो सन्दर्भ उठाउनुभएको कुरा नेपाली काँग्रेसको कार्यकर्ता भएर हेर्दै गर्दा ठिकै हो भन्ने लाग्यो ।’

उहाँले नेपालको राजनीतिक दल, संवैधानिक शक्तिहरु एक ठाउँमा उभिएर चीनले नेपालमा संविधान मान्ने जुनसुकै दललाई पनि विश्वास गर्नसक्ने वातावरण नेपालले बनाउनुपर्ने लेखकले पुस्तकमा उल्लेख गर्नुभएको बताउनु भयो ।


प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?