Trending
>>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

कामचोर मलाई मन पर्दैन, ढाँट्ने बानी पनि मन पर्दैन: मन्त्री गुरुङ


काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उपलब्धि हाँसिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । आईतवार मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरुसँग कार्य सम्पादन सम्झौता गर्दै उहाँले सधैँ पहिलो हुनेगरी काम गर्न निर्देशन दिनुभएको हो । उहाँले सञ्चार मन्त्रालयलाई २२ मन्त्रायलहरुमध्ये दोस्रो हुने छुट नरहेको बताउनु भयो । उहाँले हरेक कुरामा विशिष्ट श्रेणी ल्याएर टप अफ द टबल हुनुपर्ने भन्दै काममा इमान्दारितापूर्वक लाग्न आग्रह गर्नुभयो । उहाँले सबै मिलेर काम गर्दा असफल नभइने बताउनु भयो । काममा ठग्ने र ढाँट्नेहरु आफूलाई मन नपर्ने भन्दै इमानपूर्वक काम गर्नेलाई सुझाव दिनका लागि आफ्नो ढोका सदैव खुला रहने पनि बताउनु भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय उदाहरणीय मन्त्रालय बन्नेगरी काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी २२ वटा मन्त्रालय छ । प्रधानमन्त्री कार्यालयसहितको । यो प्रतिष्पर्धा पनि हो । त्यसैले हाम्रोमन्त्रालय यि सबै मन्त्रालयहरुमा कहिल्यै पनि दोस्रो हुनु हुँदैन । हामी पहिलो नै हुनुपर्छ । हाम्रो मन्त्रालय हरेक कुरामा डिस्टिङसन ल्याएर टप अफ द टबल हुनुपर्छ यो उपलब्धि हाँसिल गर्नेकुरामा । त्यसका लागि म सबै कर्मचारी साथीहरुलाई इमान्दारितापूर्वक लाग्न अनुरोध गर्न चाहन्छु । यो एक जनाको मात्रै काम होइन, सबैले मिलेर सफल बनाउने हो । हामी र हाम्रो मन्त्रायल २२ वटा मन्त्रालयमा फस्र्ट नै हुने हो । किन भनिरहेको छु भने ममा पनि एउटा आत्मविश्वास छ । म यो काम गरेर देखाउँछु भन्ने । म मा आत्मविश्वास तपाईंहरुको अनुहार हेरेर पलाएको हो । तपाईंहरुमा मेरो त्यो विश्वास छ । म एक्लैले गर्न सक्दिन । तपाईंहरुको सहयोग सबैको भयो भने हामी सक्छौँ । प्रतिपक्षमा हुँदा पनि र मन्त्री हुँदा पनि हामी सांसदहरुले बुझ्नपर्ने कुरा के छ भने यो राज्य हाम्रो हो, हामीले गर्ने हो । यो फलानोको हो, यसको जसरी पनि बिरोध गर्नुपर्छ भनेर हुँदैन । इमानपूर्वक काम गर्नेलाई मेरो ढोका जहिले पनि खुला छ । सुझाव राख्नका लागि जहिल्यै आउनुस् । कामचोर मलाई मन पर्दैन, ढाँट्ने बानी पनि मन पर्दैन । यो कुराबाट मुक्त भएर काम गरौँ । अरु मन्त्रालयलाई पनि सन्देश दिऔँ न, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जस्तो होस् ।’


प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?