Trending
>>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

कामचोर मलाई मन पर्दैन, ढाँट्ने बानी पनि मन पर्दैन: मन्त्री गुरुङ


काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उपलब्धि हाँसिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । आईतवार मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरुसँग कार्य सम्पादन सम्झौता गर्दै उहाँले सधैँ पहिलो हुनेगरी काम गर्न निर्देशन दिनुभएको हो । उहाँले सञ्चार मन्त्रालयलाई २२ मन्त्रायलहरुमध्ये दोस्रो हुने छुट नरहेको बताउनु भयो । उहाँले हरेक कुरामा विशिष्ट श्रेणी ल्याएर टप अफ द टबल हुनुपर्ने भन्दै काममा इमान्दारितापूर्वक लाग्न आग्रह गर्नुभयो । उहाँले सबै मिलेर काम गर्दा असफल नभइने बताउनु भयो । काममा ठग्ने र ढाँट्नेहरु आफूलाई मन नपर्ने भन्दै इमानपूर्वक काम गर्नेलाई सुझाव दिनका लागि आफ्नो ढोका सदैव खुला रहने पनि बताउनु भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय उदाहरणीय मन्त्रालय बन्नेगरी काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी २२ वटा मन्त्रालय छ । प्रधानमन्त्री कार्यालयसहितको । यो प्रतिष्पर्धा पनि हो । त्यसैले हाम्रोमन्त्रालय यि सबै मन्त्रालयहरुमा कहिल्यै पनि दोस्रो हुनु हुँदैन । हामी पहिलो नै हुनुपर्छ । हाम्रो मन्त्रालय हरेक कुरामा डिस्टिङसन ल्याएर टप अफ द टबल हुनुपर्छ यो उपलब्धि हाँसिल गर्नेकुरामा । त्यसका लागि म सबै कर्मचारी साथीहरुलाई इमान्दारितापूर्वक लाग्न अनुरोध गर्न चाहन्छु । यो एक जनाको मात्रै काम होइन, सबैले मिलेर सफल बनाउने हो । हामी र हाम्रो मन्त्रायल २२ वटा मन्त्रालयमा फस्र्ट नै हुने हो । किन भनिरहेको छु भने ममा पनि एउटा आत्मविश्वास छ । म यो काम गरेर देखाउँछु भन्ने । म मा आत्मविश्वास तपाईंहरुको अनुहार हेरेर पलाएको हो । तपाईंहरुमा मेरो त्यो विश्वास छ । म एक्लैले गर्न सक्दिन । तपाईंहरुको सहयोग सबैको भयो भने हामी सक्छौँ । प्रतिपक्षमा हुँदा पनि र मन्त्री हुँदा पनि हामी सांसदहरुले बुझ्नपर्ने कुरा के छ भने यो राज्य हाम्रो हो, हामीले गर्ने हो । यो फलानोको हो, यसको जसरी पनि बिरोध गर्नुपर्छ भनेर हुँदैन । इमानपूर्वक काम गर्नेलाई मेरो ढोका जहिले पनि खुला छ । सुझाव राख्नका लागि जहिल्यै आउनुस् । कामचोर मलाई मन पर्दैन, ढाँट्ने बानी पनि मन पर्दैन । यो कुराबाट मुक्त भएर काम गरौँ । अरु मन्त्रालयलाई पनि सन्देश दिऔँ न, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जस्तो होस् ।’


प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?