Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

म्यानमारमा बाढीका कारण ७४ जनाको मृत्यु, ८९ जना बेपत्ता


म्यानमार । म्यानमारमा आएको भीषण बाढीका कारण सेप्टेम्बर १३ को साँझसम्म ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् । भारी वर्षाका कारण आएको बाढीले नेपी ताव, बागो, मण्डले र आयेवाडी क्षेत्रका साथै मोन, केइन र शान राज्यका ६४ वटा टाउनशिपका ४६२ गाउँ र वडाहरू प्रभावित भएका छन् ।

विपद्ले बाढी प्रभावित क्षेत्रमा २४ पुल, ३ सय ७५ विद्यालय, एउटा गुम्बा, पाँच बाँध, चार प्यागोडा, १४ ट्रान्सफर्मर, ४५६ ल्याम्पपोस्ट र ६५ हजार ७ सय ५९ घर ध्वस्त भएको जनाएको छ । विपद्को प्रतिक्रियामा, नेपी ताव र विभिन्न राज्य र क्षेत्रहरूमा आवश्यक स्वास्थ्य सेवा, खाना र पिउने पानी उपलब्ध गराउन अस्थायी राहत शिविरहरू स्थापना गरिएको छ । अधिकारी र उद्धारकर्मीहरूले खोजी र उद्धार कार्य जारी राखेको बताएका छन् ।


प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?