Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

उपसभामुख रानालाई जब्बरजस्ती पदबाट हटाउने प्रयास गरियोः गंगाकुमारी बेलवासे


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की राष्ट्रिय सभाका सदस्य गंगाकुमारी बेलवासेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने खोज्ने प्रयास उचित नभएको बताउनुभएको छ ।

उपसभामुख रानाले आफूले केही गल्ती गरेको स्वीकार गरेपछि पनि सत्तारुढ काँग्रेस र एमालेले सो विषयलाई उचालेर जब्बरजस्त उहाँमाथि कारबाही गर्न खोज्नु आफूहरुका लागि मान्य नहुने उहाँको जिकिर थियो । आईतवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा सांसद बेलवासेले उपसभामुख रानाबाट भएको पत्राचारमा त्रुटी भएपनि त्यस अनुसारको काम नभएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘उपसभामुखले मैली केही त्रुटीवस गल्ती गर्न पुगे भनेर गल्ती स्वीकास गरिसक्नु भएको छ । मान्छेहरु गएका पनि होइनन् । मैले त्यो भन्दा बाहेक अरु गल्ती गरेको छैन । त्यसमा मलाई चित्त बुझेको छैन । त्यस्ता खालको विषय जब्बरजस्ती फेरि उठाउनु उचित होइन ।’सांसद बेलवासेले सत्तारुढ दलहरुले उपसभामुख रानामाथि खनिनुपर्ने कुनै कारण नरहेको पनि बताउनु भयो ।


प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?