Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

उपसभामुख रानालाई जब्बरजस्ती पदबाट हटाउने प्रयास गरियोः गंगाकुमारी बेलवासे


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की राष्ट्रिय सभाका सदस्य गंगाकुमारी बेलवासेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने खोज्ने प्रयास उचित नभएको बताउनुभएको छ ।

उपसभामुख रानाले आफूले केही गल्ती गरेको स्वीकार गरेपछि पनि सत्तारुढ काँग्रेस र एमालेले सो विषयलाई उचालेर जब्बरजस्त उहाँमाथि कारबाही गर्न खोज्नु आफूहरुका लागि मान्य नहुने उहाँको जिकिर थियो । आईतवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा सांसद बेलवासेले उपसभामुख रानाबाट भएको पत्राचारमा त्रुटी भएपनि त्यस अनुसारको काम नभएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘उपसभामुखले मैली केही त्रुटीवस गल्ती गर्न पुगे भनेर गल्ती स्वीकास गरिसक्नु भएको छ । मान्छेहरु गएका पनि होइनन् । मैले त्यो भन्दा बाहेक अरु गल्ती गरेको छैन । त्यसमा मलाई चित्त बुझेको छैन । त्यस्ता खालको विषय जब्बरजस्ती फेरि उठाउनु उचित होइन ।’सांसद बेलवासेले सत्तारुढ दलहरुले उपसभामुख रानामाथि खनिनुपर्ने कुनै कारण नरहेको पनि बताउनु भयो ।


प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?