Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

भ्रष्टाचारीलाई जोगाउन रातारात सरकार ढालेः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले रातारात षड्यन्त्रमुलक ढंगले आफू नेतृत्वको सरकार ढालेको भन्दै आपत्ति जनाएका छन् ।

आईतवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसारमा सामान्य रुपमा हुँदै नहुने कुरा गरेर रातारात सरकारबाट आफूलाई हटाएको बताए। उनले संसारमा कतै पनि संसदका दुई ठूला दल मिलेर सरकार नबनाउने भन्दै भ्रष्टाचारीलाई जोगाउनकै लागि काँग्रेस र एमाले मिलेको आरोप लगाएका छन् । उनले नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरुलाई पक्राउ गरेपछि र गिरिवन्धु टि स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गरेपछि सरकार ढालिएको बताए ।

उनले भने, ‘जब नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरु फरार थिए, ति फरार अभियुक्तहरु गिरफ्तार गरिएपछि र गिरिवन्धु टि स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गर्दागर्दै खतराको घण्टी, मैले भनेको छु, सुई बुढानिलकण्ठ र बालकोटतिर सिधै सुझियो । दुई जनालाई मात्रै गिरफ्तार गर्दा अन्तिममा सिधै त्यसको तार जोडियो, बालकोट र बुढानीलकण्ठतिर । र रातारात षड्यन्त्रमुलक ढंगले संसारमा सामान्य रुपमा हुँदै नहुने प्रतिनिधि सभाको सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने काम भयो ।’

अध्यक्ष दाहालले गिरिवन्धु टिस्टेटमा केही दिनसम्म नेकपा एमाले र नेपाली काँग्रेसबीच आरोप प्रत्यारोप लगाइएको बताउदै भ्रष्टाचारीलाई बचाउन दुई दल एक भएको आरोप लगाएका छन् ।


प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?