काठमाडाैं । प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २९ गतेदेखि नियमित छलफल हुनेछ
काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा ४ हजार रुपैयाँ घटेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । आइतबार भने ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडाैं । साङ्गीतिक कार्यक्रमको लागी अमेरिका पुग्न नेपाली कलकारहरुले गैर कानुनी तरिका अपनाउने गरेको खुलेको छ । अमेरिकी सरकारलाई कर छली गरेर साङ्गीतिक कार्यक्रमका लागी नेपाली कलाकार अमेरिका पुग्ने गरेको खुलेको हो ।अधिकांस नेपाली कलाकारहरु पर्यटक भिसामा साङ्गीतिक कार्यक्रमका लागी अमेरिका पुग्ने गरेका छन् । पर्यटक भिसामा गएकाहरूले साङ्गीतिक कार्यक्रम
भक्तपुर । नेपाल पत्रकार महासङ्घ, भक्तपुर शाखाको शनिवार सम्पन्न ९औँ अधिवेशन तथा साधारण सभाले वरिष्ठ पत्रकार माथवर सिंह थापा सहित ४ जना पत्रकारलाई सम्मान गरिएको छ ।कार्यक्रममा वरिष्ठ पत्रकार माथवर सिंह बस्नेतलाई ५ हजार नगद सहित वरिष्ठ पत्रकार सम्मान दिइएको थियो । यसै गरी राजधानी दैनिकका पत्रकार तथा पत्रकारिता अध्यापक
नुवाकोट । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङले ग्लान बंशको थातथलोको अवलोकन गरिएको छ । मन्त्री तामाङले नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ४ बेतिनिस्थित ग्लान वंशको थातथलो नाम्सापुरान पुगेका हुन् । मन्त्री तामाङको आफ्नै वंशको थातथलो पुगेर नाम्सापुरानलाई पहिचानको रुपमा ग्लान सांस्कृतिक सङ्ग्राहलय बनाउने उद्घोष गरे । मन्त्री
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाँदै छन् । आज बेलुका नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै सामाजिक रुपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको बताएका छन् । बङ्गलादेशको राजधानी ढाकामा भएको न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपालमा भएका न्यायिक सुधारका बारेमा जानकारी दिँदै न्यायपालिकाको पाँचवर्षे रणनीतिक योजना तयारी भइरहेको
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरीको धार्मिक शक्तिपीठ छिन्नमस्ता भगवतीको दर्शन तथा पूजापाठ गर्दै कार्यकाल सफलताका लागि आशिर्वाद लिएका छन् । उनले शुक्रवार जनकपुरधामस्थित जानकी मन्दिरमा पनि पूजापाठ गरेका थिए ।
काठमाडौं । नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनले आजका लागि तय गरेको चुनाव असार महिनाका लागि सरेको छ। मतदाता नामावलीमा देखिएको विवाद र समाधानको प्रयास जारी भएकोले अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति असार महिनाको लागि सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । मतदानअसार दोस्रो साताभित्र गर्ने उल्लेख भए पनि नयाँ
रौतहट । विद्यार्थी भिसामा रसिया पठाई दिन्छु भनेर ११ लाख रुपैयाँ बराबर ठगी गर्ने यमुनामाई गाउँपालिका २ का २३ वर्षीय राहुल कुमार प्रजापतिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। प्रजापतिले २० वर्षीय जितेन्द्र कुमार यादव लाई अध्ययन भिसामा रसिया पठाइदिने नक्कली कागजात देखाएर करिब ११ लाख रुपैयाँ ठगी गरेका थिए ।