Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

राप्रपा अध्यक्ष लिङदेनको चुनौती : पक्राउ गरेर देखाउ


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन्  ।

बुधवार पार्टीका नवनियुक्त केन्द्रिय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको समाचार देखेको भन्दै आफुलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन्  । उनले आफूहरु संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विरोधी भएको र यसको विपक्षमा उभिने बताउदै उनलेआफुहरुले अराजकतामा भविष्य नखोजेको भन्दै अहिलेसम्म संयमता अपनाइरहेको बताए । उनले यो संविधानले काम गर्न नसक्ने भन्दै विगतमा राम्रा कुराहरुलाई समेटेर दलहरुका बीचमा नविन समझदारीका साथ संशोधन गर्नुपर्ने बताएका छन्  ।

उनले भने , ‘अहिले भर्खर यहाँ बसेको बेलामा सामाजिक सञ्जालमा देखेँ । भोलि संविधान दिवस छ । संविधान दिवसमा संविधान विरोधी पार्टीका नेताहरुलाई नोटिसमा राखिएको छ र त्यसमा राजेन्द्र लिङ्देन पनि सरकारको नोटिसमा छ भनेर अहिले हेरेँ । म यहाँबाट केपि ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको विरोधी हो राजेन्द्र लिङदेन । राजेन्द्र लिङदेन त्यसको विरोध गर्छ । विपक्षमा छ । सके पक्रेर देखाओ । हामीले अराजकताभित्र भविष्य खोजेका छैनौँ । कुनै अराजकतामा आफ्नो भविष्य खोजेका छैनौँ । त्यसकारण हामीले संयमता अपनाइरहेका छौँ । हामीले यो सरकार र ठुला पार्टीहरुलाई आह्वान गरिराखेका छौँ कि यो संविधानले काम गरेन । यो संविधानले काम गर्न सक्दैन । यो संविधान जति परसम्म बोकेर लगिन्छ, देश र जनताले त्यति नै दुःख पाउनेछन् र देश ध्वस्त हुने अवस्था छ । त्यसकारण चाँडोभन्दा चाँडो सबै अटाउने, हिजोका र आजका राम्रा विषयहरुलाई समेटेर नयाँ यात्रा तय गर्नुछ । अब अगाडी जानुको विकल्प छैन ।’

उनले संविधान पक्षधरहरुले जबरजस्त गरिरहेको आफुहरुले जनताको बलमा संविधान उल्ट्याउने चेतावनी दिदै उनले  ढिलो चाँडो जनताले वर्तमान संविधान फाल्ने र त्यो अभियानको नेतृत्व राप्रपाले गर्ने बताएका छन्  ।


प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?