Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन, इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुस्ः पर्यटनमन्त्री पाण्डे


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले  संविधान संशोधन दुई दलले मात्रै गरेर सम्भव नहुने बताएका छन्  ।

बुधवार काठमाडौंमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको संविधान र संस्कृति विषयक अन्तरक्रियामा बोल्दै उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देश गम्भीर संकटमा रहेकाले नेपाली काँग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपरेको बताएका छन् ।

उनले काँग्रेस र एमाले एक ठाउँमा उभिनुलाई राजनीतिक रुपमा मात्रै बुझ्न नहुने बताउदै  साना दलहरुलाई खुम्च्याउने, ठूला दुई दलको सिण्डिकेट कायम गर्ने भन्ने जस्ता भ्रम फैल्याएर राजनीतिलाई कतैतिर केन्द्रित गर्ने ढंगले भ्रम फिँजाइएको बताएका छन् । उनले ०८४ मा दुई दल प्रतिष्पर्धा गर्नेकुरा अवश्यम्भावी रहेको उल्लेख गर्दै आफ्नो इगोलाई बिर्सिएर देश विकासमा लाग्न सबै राजनीतिक दलहरुलाई आह्वान गर्दै। आफ्ना आग्रह र पूर्वाग्रहहरुलाई, प्रतिष्पर्धालाई युद्धविराम गरेर नै काँग्रेस र एमालेले देशको नेतृत्व गरिरहेको बताएका छन्  ।

देशभक्तिको स्वार्थमा सबै केन्द्रित हुनसके संविधानले बोकेको संस्कृतिको सम्मान हुने बताउदै उनले राजनीति एउटा आदर्शको बाटो समातेर अघि बढ्नुपर्ने बताए  ।


प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?