Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

लेबनानमा पेजर विस्फोटमा ८ जनाको मृत्यु, २ हजार ८ सय बढी घाइते


लेबनान । लेबनानका विभिन्न इलाकामा आफ्ना पेजरहरू विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ । साथै हिज्बुल्लाह सदस्यहरू सहित अन्य २ हजार ८ सय भन्दा बढी घाइते भएको लेबनानी स्वास्थ्यमन्त्री फिरास अबियादले बताउनु भयो । मारिनेमा हिज्बुल्लाह सांसद अली अम्मारका छोरा र लेबनानका लागि इरानी राजदूत मोजताबा अमानी घाइते भएका छन् । इजरायली सेनाले यी पेजरहरूको ब्याट्रीलाई निशाना बनाएर विस्फोट गराएको रिपोर्टमा भनिएको छ ।

लेबनानका प्रधानमन्त्री नजिब मिकातीले जनस्वास्थ्य मन्त्रालयका सबै विभागहरूलाई घाइतेहरूको उपचारको लागि आग्रह गर्नुभयो । मन्त्रालयको आपतकालीन अपरेशन सेन्टरले लेबनानका सबै अस्पतालहरूलाई उच्च शतर्कतामा रहन र आपतकालीन स्वास्थ्य सेवाहरूको ठूलो आवश्यकता पूरा गर्न तयारी बढाउन आग्रह गरेको छ ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?