Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

लेबनानमा पेजर विस्फोटमा ८ जनाको मृत्यु, २ हजार ८ सय बढी घाइते


लेबनान । लेबनानका विभिन्न इलाकामा आफ्ना पेजरहरू विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ । साथै हिज्बुल्लाह सदस्यहरू सहित अन्य २ हजार ८ सय भन्दा बढी घाइते भएको लेबनानी स्वास्थ्यमन्त्री फिरास अबियादले बताउनु भयो । मारिनेमा हिज्बुल्लाह सांसद अली अम्मारका छोरा र लेबनानका लागि इरानी राजदूत मोजताबा अमानी घाइते भएका छन् । इजरायली सेनाले यी पेजरहरूको ब्याट्रीलाई निशाना बनाएर विस्फोट गराएको रिपोर्टमा भनिएको छ ।

लेबनानका प्रधानमन्त्री नजिब मिकातीले जनस्वास्थ्य मन्त्रालयका सबै विभागहरूलाई घाइतेहरूको उपचारको लागि आग्रह गर्नुभयो । मन्त्रालयको आपतकालीन अपरेशन सेन्टरले लेबनानका सबै अस्पतालहरूलाई उच्च शतर्कतामा रहन र आपतकालीन स्वास्थ्य सेवाहरूको ठूलो आवश्यकता पूरा गर्न तयारी बढाउन आग्रह गरेको छ ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?